• Sunday, June 08, 2025

थप ९०२ सङ्क्रमित, दुई हजार २८७ जना निकाे भए

काठमाडौँ, भदौ २३ गते । नेपालमा कोभिड–१९ का ९०२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार १३८ पुगेकाे हाे । सकृय सङ्क्रमित १४ हजार ८६८ रहेका छन् ।

प्रवक्ता डा. गौतमले निको हुन दर ६८.५ प्रतिशत पुगेको र हालसम्म ३२ हजार ९६४ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताउनुभयाे । पछिल्लो चौबीस घण्टामा दुईहजार २८७ जना निकाे भएका छन् ।

आइसाेलेसनमा १४ हजार ८६८ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ३१० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय छ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

यस्तै, अाइसीयूमा १४४ जना र भेन्टिलेटरमा २३ रहेका छन् ।

कोरोना निको भएर घर फर्कने बढ्दै

राससका अनुसार पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् ।

सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति (९८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए । हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये छ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन् ।

उपत्यकामा ३९६ सङ्क्रमित थपिए

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९६ नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ सङ्क्रमित फेला परेका छन् । १० हजार ६११ नमूना परीक्षणमा देशभर ९०२ जनामा कोरोना सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठ/आठ सङ्क्रमित फेला परेका छन् ।

बर्दिया र नवलपरासी पूर्वमा सात/सात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चार/चार, नुवाकोट, दाङ र तनहुँमा तीन/तीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुई/दुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एक/एक सङ्क्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।

थप ६ को मृत्यु

कोरोना भाइरसबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ । जुन कुल सङ्क्रमितको तुलनामा ०.६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २८० जना निको भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter