• Thursday, June 12, 2025

थप एकहजार ८१ जनामा सङ्क्रमण पुष्टि, मंगलबार ९१८ निकाे भए

काठमाडौँ, भदौ २४ गते । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेकाे हाे । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।

प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केकाे बताउनुभयाे । पछिल्लो चौबीस घण्टामा नाैसय १८ जना निकाे भएका छन् ।

आइसाेलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा छ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा तीनसय १२ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ ।

पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७७ लाख ५३ हजार ६८ जना सङ्क्रमित छन् ।

सक्रिय सङ्क्रमित १५ हजार सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी

राससका अनुसार देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १५ हजार २५ रहेको जानकारी दिनुभयो । हालसम्म नेपालमा जम्मा सङ््क्रमित ४९ हजार २१९ छन् । आज विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् ।

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित १ मा ५०५, २ मा ३७४, वाग्मतीमा चार हजार ७७२, गण्डकीमा ७३३, ५ मा ७१३, कर्णालीमा २७५ र सुदूरपश्चिममा ६१६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा ८६२, २ मा दुई हजार पाँच सय, वाग्मतीमा दुई हजार ४६६, गण्डकीमा एक सय, ५ मा ८९५, कर्णालीमा ८४ र सुदूरपश्चिम १३० छन् ।

देशभर १६२ सङ्क्रमित सघन उपचार कक्षमा छन् । प्रदेश १ मा पाँच, २ मा २४, वाग्मतीमा १०१, गण्डकीमा पाँच, ५ मा २०, कर्णालीमा छ र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । वाग्मतीमा २१ र ५ मा एक गरी २२ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा देशभर नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ का उदयपुरमा एक, ओखलढुङ््गामा तीन, खोटाङमा दुई, झापामा छ, ताप्लेजुङमा एक, धनकुटामा नौ, भोजपुरमा पाँच, मोरङमा ७७ र सुनसरीमा ५६ छन् । प्रदेश २ मा धनुषामा तीन, पर्सामा छ, बारामा १७, महोत्तरीमा दुई, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा छ र सिरहामा ८१ छन् ।

काठमाडौँ उपत्यकामा ३६४ नयाँ सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६ छन् । वाग्मतीकै काभ्रेपलाञ्चोकमा आठ, चितवनमा २१, दोलखामा तीन, धादिङमा दुई, नुवाकोटमा चार, मकवानपुरमा ४२, रामेछापमा तीन, सिन्धुपाल्चोकमा तीन र सिन्धुलीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकीका कास्कीमा १०, गोरखामा एक, तनहुँमा चार, नवलपरासी(बर्दघाट सुस्ता पूर्व )मा एक, पर्वतमा एक, लमजुङमा तीन, बागलुङमा दुई र स्याङ्जामा एक सङ्क्रमित फेला परेका छन् । प्रदेश ५ मा कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा १२, पाल्पामा दुई, बर्दियामा १३, बाँकेमा २२ र रुपन्देहीमा ४२ सङक्रमित फेला परेका छन् । कर्णालीका जाजरकोटमा एक, दैलेखमा तीन र सुर्खेतमा २२ फेला परेका छन् भने सुदूरपश्चिमका अछाममा एक, दार्चुलामा तीन र बझाङमा दुई सङ्क्रमित फेला परेका छन् ।

आजसम्म सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला छन् ।

आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि

नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको प्रवक्ता डा गौतमले बताउनुभयो । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको पाइएको छ । नजीकैका ती व्यक्तिले यसलाई मजाकका रुपमा लिने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराएर बचाउन सकिन्छ ।”

काठमाडौं उपत्यकाका ४६४ मा सङ्क्रमणको पुष्टि

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ४६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४६४ जना कोरोनाका सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ गरी उपत्यकाका तीन जिल्लामा कुल ४६४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा थपिएका सङ्क्रमितमध्ये १०४ महिला र २९० पुरुष छन् । ललितपुरमा २१ महिला र १३ पुरुष तथा भक्तपुरमा २० महिला र १६ पुरुषमा सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter