• Monday, June 16, 2025

एक हजार २४६ मा सङ्क्रमण , सङ्क्रमित सङ्ख्या पचास हजार नाघ्यो

काठमाडौँ, भदौ २५ गते । नेपालमा कोभिड–१९ का एक हजार २४६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार २४६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित पचास हजार ४६५ पुगेको जनाएको छ । पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित पचास हजार नाघेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३५ हजार ७०० सय पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ ।

मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ४४८ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । आठ हजार ११० जना संस्थागत् आइसोलेशनमा छन् । छ हजार ४३८ जना होम आइसोलेशनमा छन् ।

काठमाडौँ उपत्यकाका ५७६ मा सङ्क्रमण पुष्टि

काठमाडौँ, भदौ २५ गते । काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ५७६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाैँमा सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडाैँमा नयाँ थपिएका सङ्क्रमितमध्ये १४७ महिला र ३४८ पुरुष, ललितपुरमा २० महिला र २३ पुरुष तथा भक्तपुरमा १६ महिला र २२ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter