• Saturday, June 14, 2025

थप एकहजार ४५४ सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्याे; काठमाडौं उपत्यकाका ६९६ मा सङ्क्रमण

काठमाडौँ, भदौ २६ गते । नेपालमा कोभिड–१९ का एकहजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित ५१ हजार ९१९ पुगेको जनाएको छ । पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित नाघेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३६ हजार ६७२ पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । मन्त्रालयले प्रेस ब्रिफिङमा हाल १४ हजार ९२५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

आइसोलेसनमा १४ हजार ९२५ जना र क्वारेन्टिनमा छहजार ७८ रहेका छन् ।

पाँचजनाकाे मृत्युसहित कुल संख्या ३२२

पछिल्लो चौबीस घण्टामा पाँचजनाकाे ज्यान गएकाे छ । याेसँगै काेराेनाकाे कारणले मृत्यु भएकाकाे संख्या ३२२ पुगेकाे छ ।

राससका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँ उपत्यकाका छन् ।

काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८÷३८ गरी उपत्यकामा मात्रै ६९६ नयाँ सङ्क्रमित थपिएका छन् । कुल १० हजार ७०१ नमूना परीक्षण गर्दा देशभर आज ४६३ महिला र ९९१ पुरुष गरी एक हजार ४५४ सङ्क्रमित फेला परेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।

यस्तै रुपन्देहीमा १०२, चितवनमा ७४, कैलालीमा ६७, मोरङमा ४७, सुनसरीमा ४४, नवलपरासी ३५, कपिलवस्तुमा २८, सुर्खेतमा २६, गुल्मीमा २०, बाँकेमा १८, झापामा १४, प्युठानमा १३, पाल्पा, सिरहा र सङ्खुवासभामा १२÷१२, रुकुमा पूर्व, कास्की र काभ्रेपलाञ्चोकमा ११÷११, सर्लाहीमा सात, डोटी, गोरखा र रौतहटमा छ÷छ, दाङमा पाँच, स्याङ्जा र सप्तरीमा चार, रोल्पा र पर्सामा तीन÷तीन, कञ्चनपुर, सिन्धुली, सिन्धुपाल्चोक, बारा, महोत्तरी र धनुषामा दुई÷दुई, जुम्ला, बर्दिया र धादिङमा एक÷एक सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ९७२ जना कोराना मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कुल सङ्क्रमितमध्ये ७०.६ प्रतिशत अर्थात ३६ हजार ६७२ जना कोरोना मुक्त भएका छन् । आज कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ९२५ छ । तीमध्ये छ हजार ६३४ होम आइसोलेसनमा र आठ हजार २९१ संस्थागत आइसोलेसनमा छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ७८ छ । नेपालमा हालसम्म आठ लाख २१ हाजर १८६ नमूनाको पिसिआर परीक्षण गरिएको छ ।

सक्रिय सङ्क्रमितमध्ये १७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा पाँच, प्रदेश २ मा २४, वाग्मती प्रदेशमा १०७, गण्डकी प्रदेशमा पाँच, प्रदेश ५ मा ३३, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा एक जनाको आइसियूमा उपचार भइरहेको छ । यस्तै वाग्मती प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचारमा रहेका मन्त्रालयले जनाएको छ । यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा भने सक्रिय सङ्क्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रणबाट पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मोरङका ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडौँका ७० र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३२२ पुगेको छ । विश्वभर कोरोना भाइरसका कारण आजसम्म नौ लाख १४ हजार २६६ जनाले ज्यान गुमाएका छन् । दुई करोड ८३ लाख ३५ हजार ६७७ सङ्क्रमितमध्ये दुई करोड तीन लाख ५७ हजार ३९१ निको भएका छन् ।

काठमाडौं उपत्यकाका ६९६ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा ६९६ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६९६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६२० जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरमा ३८ र भक्तपुरमा ३८ गरी उपत्यकाका तीन जिल्लामा ६९६ जना सङ्क्रमित थपिएका हुन् । काठमाडौंमा १९४ जना महिला र ४२६ जना पुरुष, ललितपुरमा १७ जना महिला र २१ जना पुरुष तथा भक्तपुरमा १७ जना महिला र २१ जना पुरुष सङ्क्रमितको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ४५४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ९७२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म कुल ३६ हजार ६७२ जना सङ्क्रमित सङ्क्रमणमुक्त घर भई फर्केका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ७०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter