• Wednesday, June 11, 2025

नयाँ तीन हजार ५१७ सङ्क्रमितसँगै कुल एक लाख ६८ हजार २३५

काठमाडौं, कात्तिक १४ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५१७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५१७ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लाे चाैबीस घण्टामा १४ हजार ९०९ नमुना परीक्षण गरिएकाे जनाएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६८ हजार २३५ पुगेको छ ।

हाल ३८ ह्जार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ८८८ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ८८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा एक हजार ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ८८८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ७८१ महिला र एक हजार १०७ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ५१७ सङ्क्रमित थपिएका छन् । चार हजार ९६ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले आफ्नो नियमित अद्यावधिक विवरणमा उल्लेख गरेको छ ।

मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार २४२, ललितपुरमा दुई हजार ३४५ र भक्तपुरमा एक हजार १६५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म कुल ३३३ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २१२, ललितपुरमा ५८ र भक्तपुरमा ६३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter