• Saturday, June 14, 2025

दुई हजार ५०८ थपिए, दुई हजार २६४ सङ्क्रमणमुक्त

काठमाडौं, कात्तिक १५ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ५०८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ५०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नौ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ५०८ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७० हजार ७४३ पुगेको छ । हाल ३८ ह्जार ५८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ३१ हजार २२२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ३५७ मा सङ्क्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३५७ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नौ हजार २७९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ३५७ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ५६९ महिला र ७८८ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ५०८ सङ्क्रमित थपिएका छन् । दुई हजार २६४ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार ८९०, ललितपुरमा दुई हजार ३०३ र भक्तपुरमा एक हजार १५१ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्म कुल ३३३ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २१९, ललितपुरमा ६० र भक्तपुरमा ६६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter