• Tuesday, June 10, 2025

श्रम मन्त्रीद्वारा आकस्मिक आश्रय भवनको शिलान्यास

सर्लाही, मङ्सिर ३ गते। सर्लाहीको लालबन्दीमा आकास्मिक आश्रय भवनको शिलान्यास गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भवन निर्माणको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकारको शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखमा सो भवन निर्माण हने बताइएको छ । सो अवसरमा मन्त्री यादवले देश विकासमा सबै राजनीतिक शक्ति एक भएर लागेमा मात्र नेपाली जनताले गाउँ–गाउँमा सिंहदरबार आएको महसुस गर्ने बताउनुभयो ।

प्रशान्त आर्चाय, कृष्ण दाहाल, गोविन्द महत, सूर्यनारायण श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, लालबहादुर गोले र दिलकुमारी पाख्रिङले चार कठ्ठा पाँच धुर जग्गा सहयोग गरेर भवन निर्माणस्थल जुटाउनु भएको लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दैवी प्रकोप तथा विपत्तिको समयमा मानवीय सङ्कट सिर्जना नहोस् भन्नका लागि सो भवनको निर्माण हुन लागेको हो ।

चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने गरी जयधनन्जय रवीन जेबी निर्माण कम्पनीले ठेक्का लिएको हो । सो भवनमा करिब २५० जनासम्म अटाउन सक्ने क्षमता छ । शहरी विकास तथा भवन निर्माण कार्यक्रमले लालबन्दी नगरपालिका–१०, ८ र ४ का साथै हरिवन नगरपालिका–१ मा सो भवन तथा सुख ज्येष्ठ नागरिक आवासको निर्माण गर्न लागेको हो । लालबन्दी नगरपालिका–८ मा ६ करोड र वडा नं–४ मा पाँच करोडको लागतमा भवन बन्ने भएको छ भने हरिवन नगरपालिका– १ मा रु दुई करोड ५० लाख लागतमा भवन निर्माण हुने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter