• Monday, June 09, 2025

दुई हजार १०३ जना थपिए, दुई हजार ८५८ जना सङ्क्रमणमुक्त

काठमाडौं, मंसिर ४ गते । नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार १०३ जना सङ्क्रमित थपिएको र दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा देशैभरि नौ हजार ८०५ नाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा अहिलेसम्म १६ लाख ३३ हजार ५५९ नमूनाको आरटी पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ ।

हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले निको हुने दर बढेको छ । आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ ।

क्वारेन्टिनमा ७६७ जना छन् । हाल २८ हजार १०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

काठमाडौं उपत्यकामा एक हजार २२९ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, मङ्सिर ४ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार २२९ जना सङ्क्रमित पहिचान गरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार २२९ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।

मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा ५१३ महिला र ७१६ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि नौ हजार ८०५ नाको आरटीपीसीआर परीक्षण गरिएको छ । जसमध्ये दुई हजार १०३ मा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ८५८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter