• Thursday, June 12, 2025

सिन्धुपाल्चोकवासीलाई लिफ्टबाट पानी वितरण गरिने

चौतारा, फागुन १५ गते । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ ।

कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो । वैशाखमा उपभोक्ताको घरघरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनुभयो ।

उक्त आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का कूल दुई हजार २२२ घरपरिवारले निजी धारा जडान गरी स्वच्छ पानी उपभोग गर्न पाउनेछन् । विसं २०७२ को भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव भोगिरहेका स्थगानीयवासीले गाउँभन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको थियो ।

मुहानको पानीलाई एकैपटक माथि तान्न सम्भव नभएपछि बीचमा इन्टेक बनाई चार तहबाट पानी तानेर त्यहाँदेखि एक किलोमिटरको विद्युत् शक्तिबाट प्रतिसेकेण्ड १० लिटर पानी सङ्कलन गरिनेछ । त्यसरी सङ्कलित पानीलाई शुद्धीकरणका लागि प्रशोधन केन्द्रमार्फत ५० देखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्कीद्वारा वितरण गरिनेछ । पानी तान्नका लागि ५० र १०० केभीएको चार ट्रान्सफर्मर जडान गरिएको छ ।

उक्त आयोजनाका लागि मूल्य अभिवृद्धिकर (भ्याट) बाहेक रु १५ करोड ६८ लाखमा विसं २०७५ असारमा सगरमाथा कन्स्ट्रक्शन कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पटक–पटक गरी १५ प्रतिशत भेरिएशन अडरबाट झण्डै रु साढे दुई करोड थप भई कुल लागत रु १८ करोड पुग्न गएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter