• Monday, June 16, 2025

जापानमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी

काठमाडौँ, चैत २१ गते । जापानको कोबे शहरको सागा ग्यालरीमा नेपालका ३३ जना कलाकारको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा जापानका १५ जना कलाकारको समेत सहभागिता छ । ‘आर्ट विदाउट बोर्डर–५’ शृङ्खला अन्तर्गत आयोजित ‘आर्ट इज हार्ट’ शीर्षक प्रदर्शनीमा नेपाली कलाकारका चित्रकलालाई ‘स्क्रिन’ प्रदर्शनी गरिनेछ ।

कलाकार डा.आस्था प्रभा तुलधारले विश्वमा शान्ति, मैत्री र करुणा फैलाउने एक माध्यमका रुपमा रहेको कला प्रदर्शनीमा नेपाली कलाकारको सहभागिताले नेपाली कला प्रवर्धनमा सहयोग पुर्याउने बताउनुभयो । जापानमा नेपाली कला प्रदर्शनीको चाँजोपाँजो डा. तुलाधरले संयोजन गर्नुभएको हो ।

महिलाका लागि महिला नेपाल र सासाबुने तथा हानेचुजुरीको संयुक्त आयोजनामा शुक्रबारबाट सुरु भएको प्रदर्शनी चैत २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कलाकार डा. तुलाधरले कोबेमा संयुक्त प्रदर्शनी गर्नुको उद्देश्यबारे चर्चा गर्नुहुँदै भन्नुभयो, “कोबे शहर एक प्रतीक हो । हान्शिन आवजी भूकम्प आएर यो शहरको जनजीवन कठिन भएको थियो । त्यस्तै, नेपालमा भूकम्प गएको पनि छ वर्ष बितिसकेको छ । अप्रिल महिनामा यस प्रदर्शनी कोबे शहरमा आयोजना गर्नुको पछाडि अर्थ, कठिन समयमा पनि धैर्य गरी एकजुट भई कदम चाल्नुपर्छ भन्ने सन्देश पनि लुकेको छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter