• Saturday, June 14, 2025

आठ हजार ७७७ थपिए, चार हजार २२ कोरोनामुक्त, ८८ जनाको मृत्यु

काठमाडौं, वैशाख २६ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनुभयो । उहाँले हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो ।

मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा ३६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter