• Saturday, June 14, 2025

सरकारमाथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

कठमाडौं, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसद्को विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको प्रस्तावकाे पक्षमा ९३ मत परेको र विपक्षमा १२४ मत परेकाले बहुमतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना सहभागी हुनुहुन्थ्याे । मतदानमा बहुमतले प्रस्ताव अस्वीकृत भएकाे सभामुख अग्नि सापकाेटाले घाेषणा गर्नुभएकाे हाे । कोरोना सङ्क्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो । कुल सांसद सङ्ख्या २७५ रहेकामा मतदानमा उपस्थित सङ्ख्या २३२, पक्षमा ९३, विपक्षमा १२४, तटस्थ सांसद १५ रहनुभएकाे छ । मतदानमा एमालेकै २८ सांसद अनुपस्थित रहनुभएकाे थियाे ।

यस अघि संसद्मा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । उहाँले यस्तो विषम परिस्थितीमा कोभिडविरुद्धको औषधिलगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउँदै उहाँले कोभिडविरुद्धको लडाइँमा रहेको बेला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको थियो । ‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइँमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिलाे छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढङ्गले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter