• Sunday, June 15, 2025

कोरोना भाइरसका नौ हजार ३१७ सङ्क्रमित थपिए, २२५ जनाको मृत्यु; उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म

काठमाडौं, बैशाख २८ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाका ९हजार ३१७ नयाँ सङ्क्रमित थपिएका छन् भने २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । साथै सो अवधिमा पाँच हजार २२५ जना निको हुनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा परीक्षण २१ हजार ३१६ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल ९७ हजार ८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार हाल ४४८ जना क्वारेन्टिनमा छन् । हालसम्म तीन लाख १२ हजार १९ जना निको भएकोमा आजसम्म चार हजार ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय, थप कडाइ गरिने

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ ।

त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter