एक्सक्लुसिभ समाचार

एकसय पाँच जना सङ्क्रमित थपिए, २८८ सङ्क्रमणमुक्त; चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौं, माघ १८ गते । नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच […]


रसुवागढी नाकामा आवतजावत सुरु भएन, केही समय लाग्ने

हेमनाथ खतिवडा / रसुवा, माघ १७ गते । कोभिड–१९ का कारण लकडाउनपछि सरकारले सीमा नाकाहरु खोल्ने निर्णय गरे पनि रसुवागढी नाका भने आवतजावत खुलेको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तका अनुसार सरकारले गरेको निर्णय अनुरुप परराष्ट्र मन्त्रालय तथा स्थानीय प्रशासनले पनि छिटै समन्वय गरेर नाका सुचारू गर्ने बताउनुभयो । कोभिड १९ पछि लकडाउनका […]


भैँसीपालनबाट कृषक खुशी, वार्षिक सात लाखसम्म बचत

नारायणी रजौरे / दाङ, माघ १६ गते । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । उहाँ विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बन्नुभएको हो । अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न हुनुहुन्छ । उहाँले स्थानीय एक व्यक्तिलाई आंशिकरुपमा रोजगारी दिनुभएको छ […]


पुनः निर्माणपछि बीपी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं माघ १५ गते । जापान सरकारले निर्माण गरेको बीपी राजमार्ग पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत जापान सरकारले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । भूकम्पपछि पुनःनिर्माण गरिएको बीपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान […]


तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रम; खोप लगाएपछि चिकित्सकले भन्नुभयो: ‘बल्ल ढुक्क भइयो, धन्य सरकार’

काठमाडौं, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको छ । उहाँले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताउनुभएको छ । आज शुरु भएको कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । उहाँले […]


कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

सिबी अधिकारी / काठमाडौँ, माघ १३ गते । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले माउन्ट […]


शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी

प्रकाश सिलवाल / काठमाडौँ, माघ १२ गते । कोभिड¬–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन […]


कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खाेप लगाउन स्वास्थ्यमन्त्रीकाे अपील

काठमाडौं, माघ ११ गते । नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गर्नुभएको छ । उहाँका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय […]


हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थाले

शर्मिला पाठक / काठमाडौँ, माघ १० गते । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्र(हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थालेका छन् । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदाहरु अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् भने केही निर्माण सम्पन्न भइसकेका छन् । यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ […]


३०२ मा सङ्क्रमणको पुष्टि; अनलाइन विवरण लिइँदै, शुक्रबार अपरान्हसम्म ४७ हजार पुगे

काठमाडौं, माघ ९ गते । नेपालका कोरोनाभाइरसका ३०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिडका कुल सङ्क्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको जनाएको छ […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter