एक्सक्लुसिभ समाचार

निजगढ विमानस्थल बनाउन लगानी बाेर्डले छान्याे स्वीस कम्पनी

काठमाडौँ, असोज ६ गते । बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा भएको लगानी बोर्डको बैठकले प्रस्तावित विभिन्न देशका सात कम्पनीमध्ये मापदण्ड पुगेका आधारमा ज्युरिच एयरपोर्टलाई छनौट गरी […]


‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई

काठमाडौँ, असोज ५ गते । सरकारले पहिलो पटक ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरेको छ । सरकारले राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने निर्णय गरी २०७५ साल मङ्सिर १७ गते रु दुई करोड २० लाखको कोष शुरु गर्ने […]


काठमाडौँ उपत्यका: कला र सम्पदाले झकिझकाउ बनाइँदै

चाँदनी हमाल / काठमाडौँ, असोज ४ गते । भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाडौँ उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ । काठमाडौँ उपत्यका कलात्मक सहर भनेर यसअघि पनि भन्ने गरिन्थ्यो तर बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक […]


संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो

काठमाडौँ, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, […]


मन्त्रिपरिषदकाे निर्यण : सहसचिव बढुवादेखि २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिशसम्म

काठमाडौँ, २ असोज । मन्त्रिपरिषदले २८२ जना कैदीहरुको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा र तीन सचिवको सरुवा गरेको छ । बैठकले नेपाली सेनामा चार वर्षका लागि विशेष पद सृजना गरी महासेनानी यमबहादुर अधिकारीलाई सहायक […]


निगम सुधार्न पब्लिक लिमिटेडमा लैजान सुझाव

काठमाडौँ, असोज १ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को समग्र व्यवस्थापन सुधारका लागि गठित ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यादल’ ले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको छ । पर्यटन मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी कार्यदलका संयोजक सुशील घिमिरेले निगमको तत्कालीन र दीर्घकालीन सुझावसहितको ५४ […]


साढे नौ घण्टापछि पाँचखालमा अवतरण भएका हेलिकप्टर काठमाडौं उडे

मधुसुधन तिमल्सिना / काभ्रे, भदौ ३१ गते । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि पाँचखाल नगरपालिकामा अवतरण भएका चार हेलिकप्टर साढे नौ घण्टापछि काठमाडौं गएका छन् । मङ्गलबार बिहान ७ बजे पाँचखालमा अवतरण भएका चार हेलिकप्टर दिउँसो ४ः३० बजे मौसममा सुधार भएपछि काठमाडौं गएका हुन् । लुक्लाबाट अलपत्र परेका विदेशी पर्यटक लिएर काठमाडौ उडेका मनाङ्ग […]


ऐन लागूपछि भूमिहीन र सुकुम्बासीको समस्या रहदैँन – मन्त्री अर्याल

काठमाडौँ, भदौ ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ संशोधन लागू भएपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभएको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको १२ औँ वार्षिक सामाजिक लेखाजोखाको आज उद्घाटन गर्दै उहाँले अधिकार दिन नचाहनेहरुले ऐनलाई असफल बनाउन चलखेल गरिरहेकाले अधिकारकर्मीहरु चनाखो […]


दशैँ अघि नारायणी नदीमा क्रुजको परीक्षण

चितवन, भदौ २९ गते । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र […]


‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

काठमाडौं, भदौ २८ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ । टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उहाँले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताउनुभयो । उहाँले विकास निर्माणका काम समयमा सम्पन्न […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter