एक्सक्लुसिभ समाचार

बाढी पहिरोमा परी मृतकको संख्या ३४ पुग्यो; राहत एकद्वार प्रणालीबाट वितरण गरिने

काठमाडौं, असार २८ गते । विगत केही दिन देखिको वर्षाका कारण बाढी पहिरोमा परी शनिबार साँझ सम्म ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा चार जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा तीन÷तीन , धादिङ र सिन्धुलीमा दुई÷दुई जनाको मृत्यु भएको छ यस्तै पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, […]


मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि

नारायण अधिकारी, चितवन, असार, २७ गते । पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ । […]


सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स

काठमाडौँ, असार २५ गते । सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले […]


विषादी परीक्षण नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं, असार ५ गते । भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारी निर्णय असार ३० गते सम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरीम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको असार १८ गते को निर्णय कार्यान्वयन नगर्न र दुबै पक्षलाई असार ३० […]


साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौँ, असार २४ गते । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न मेसिनको क्षमता वृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको हो । कार्ड उत्पादनको कार्य सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित […]


तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन

खोटाङ, असार २३ गते । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प […]


तरकारी खेतीतर्फ आकर्षित हँुदै बोटे समुदाय

तनहुँ, असार २२ गते ।तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्यौली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् । मादी […]


एक घर एक धारा बनाउने नीति छ – मन्त्री मगर

काठमाडौं, असार २० गते । खानेपानीमन्त्री बीना मगरले तराई/मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणको मेलम्ची खानेपानी […]


नेपाल–चीन सम्बन्ध अझ सुदृढ तुल्याउन प्रतिबद्ध

काठमाडौँ, असार १८ गते नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो । नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त […]


ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार (आलेख)

बेनी, असार १७ गते । गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter