एक्सक्लुसिभ समाचार

‘नर्सिङ गुरुआमा’ आएपछि महिनावारीमा छात्रालाई सुविधा

चितवन, असार ६ गते । झापाको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नर्सिङ सेवा शुरु भएपछि छात्राहरुलाई महिनावारीका बेला स्वास्थ्य परामर्श लिन सुविधा भएको छ । १ नं प्रदेश सरकारले प्रदेशका हरेक जिल्लाको एक सामुदायिक विद्यालयमा नमूना नर्सिङ सेवा सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत ‘नर्सिङ गुरुआमा’को रुपमा स्टाफ नर्स प्रतिभा थापाले गत चैतदेखि देवी माध्यमिक विद्यालयमा नियमित सेवा शुरु […]


संशोधित कार्यक्रम र योजनाअनुसार पुनःनिर्माण

काठमाडौँ, असार ५ गते । विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको आजको बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाले संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्राधिकरणले पेश गरेको नेपालको पुनःनिर्माण र […]


परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, जेठ ४ गते । गृहमन्त्री रामबहादुर थापाले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रदेश बाहिनीपतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई आज गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गर्नुभयो । “राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र […]


भूमि व्यवस्था मन्त्रालयद्वारा गुठी विधेयक फिर्ता; जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार- प्रधानमन्त्री

काठमाडौं असार ३ गते । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक […]


सीप सिकेकामध्ये ७० प्रतिशत रोजगारोन्मुख

नेपालगञ्ज, असार २ गते । नेपालगञ्ज—१ धम्बोझीकी सुमित्रा सारु मगरलाई सीप सिकेर व्यवसाय गर्ने चाहना छ । त्यसैले अहिले उनी नेपालगञ्जस्थित व्यावसायिक तालीम केन्द्रमा सिलाइकटाइ सम्बन्धी तालीम लिइरहनुभएको छ । ‘तालीम लिएपछि कसैसँग काम माग्न जानु पर्दैन, आपैmले रोजगारमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ र परिवारको गर्जोे टार्न सकिन्छ’—सारुमगरले बताउनुभयो । सारुमगर जस्तै केन्द्रवाट विभिन्न व्यवसायमूलक […]


अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजिल्याउन प्रधानमन्त्रीको युरोप भ्रमण सफल

काठमाडौँ, असार १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ । सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’ नेपालको विकासका महत्वपूर्ण साझेदार […]


थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण असोजबाट

भउचप्रसाद यादव / काठमाडौँ, जेठ ३२ गते । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ । ‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास […]


जो नेपाली नोटका डिजाइनर थिए…

काठमाडौँ, जेठ ३१ गते । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । उक्त सजिव चित्रमात्रै […]


गाईपालनको ‘हब’ बन्दै मेचीनगर

भद्रपुर, जेठ ३० गते । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ […]


निकुञ्जभित्र सडक निर्माण सम्बन्धी कुनै कार्य नगर्न परमादेश

काठमाडौँ, जेठ २९ गते । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माण सम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले गत फागुन दुई गते जारी गरेको परमादेशको पूर्णपाठ आज सार्वजनिक गर्दै सो निकुञ्जभित्र सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter