एक्सक्लुसिभ समाचार

पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै

कोकिला ढकाल / इलाम, साउन २१ गते । गाउँमा उत्पादित कृषिउपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालमा ल्याउने तयारी गरेका छन् । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । सूर्योदय नगरपालिकाले कृषि एम्बुलेन्सका लागि यो वर्ष २० […]


स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

काठमाडौं, साउन २० गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उहाँले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, […]


प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ सहित)

काठमाडौं, साउन १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ । प्रधानमन्त्री तथा […]


मन्त्रिपरिषद् बैठकका १६ निर्णय : खोकना जग्गा विवाद समाधान समितिको म्याद तीन महिना थप

काठमाडौँ, साउन १८ गते। सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले वैशाख ५ गते उपप्रधान एवम् रक्षामन्त्रीको संयोजकत्वमा […]


रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

चितवन, साउनन १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्नुभएको हो । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख […]


विश्व बैङ्कले सहयोगलाई निरन्तरता दिने

काठमाडौं, साउन १६ गते। नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैङ्कले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैङ्कका देशीय निर्देशक फारिस हादाद जेरभोसले मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको हो। स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैङ्कले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक […]


म्यानेजमेन्ट पढेर बिरुवा उमार्दै अर्याल दम्पती

जानु पाण्डे / कपिलवस्तु, साउन १४ गते । कपिलवस्तु नगरपालिका –६ तिलौरीका अर्याल दम्पतीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । वर्षायाम सुरु भएसँगै फूल र फलफूलका बिरुवा लगाउने समय भएपछि माग बढेको छ । केही मानिस गाउँमै रहेको इन्द्रावती कृषि फर्ममा बिरुवा लिन आउँछन् । त्यहाँ आउने ग्राहकलाई अर्जुन अर्यालले बिक्री गर्नुहुन्छ । अर्जुनका पत्नी फर्म […]


सरकार सुशासनको पक्षमा दृढ भएर काम गर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, साउन १३ गते। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताउनुभएको छ। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शनिबार उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो। कांग्रेस उपसभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री खड्काले […]


ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन : तीन हप्तापछि पुनः काम सुरु हुने

विष्णु पाण्डेय / काठमाडौं, साउन १२ गते । निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन तयार पारेको छ । अघिल्लो डिजाइनमा समस्या आएपछि कम्पनीले नयाँ डिजाइन सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभरको निर्माण कार्य रोकिएको थियो । गुणस्तर अनुसन्धान विभागका सिनियर डिभिजनल […]


कोशी प्रदेशका मुख्यमन्त्रीको नियुक्ति बदर, नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं, साउन ११ गते । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ । […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter