• Wednesday, May 21, 2025

ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन : तीन हप्तापछि पुनः काम सुरु हुने

विष्णु पाण्डेय / काठमाडौं, साउन १२ गते । निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन तयार पारेको छ । अघिल्लो डिजाइनमा समस्या आएपछि कम्पनीले नयाँ डिजाइन सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ ।

निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभरको निर्माण कार्य रोकिएको थियो । गुणस्तर अनुसन्धान विभागका सिनियर डिभिजनल इन्जिनिर राकेश महर्जनका अनुसार डिजाइनलाई केही फेरबदल गरेर साउन पहिलो साता कम्पनीले विभागमा बुझाएको हो ।

डिजाइन अनुसारको आवश्यक निर्माण सामग्री नेपालमा उपलब्ध नहुने भएपछि निर्माण कम्पनीले उक्त डिजाइनलाई फेरबदल गरेर विभागमा बुझाएको उहाँको भनाइ छ ।

सिनियर इन्जिनियर महर्जनले भन्नुभयो, “पहिलेको डिजान अनुसारको निर्माण सामग्री नेपालमा उपलब्ध नहुने भएपछि पहिलो डिजाइन अनुसार निर्माण गर्न नसकेपछि काम रोकिएको थियो । विभागको आग्रहपछि निर्माण कम्पनीले पुनः डिजाइन परिवर्तन गरेर बुझाएको छ । अहिले उक्त प्रस्ताव स्वीकृतिको क्रममा रहेको उहाँले बताउनुभयो ।

तीन हप्तापछि काम पुनः सुरु हुने

रोकिएको ग्यार्को फ्लाईओभरको काम तीन हप्तापछि सुरु हुने सिनियस डिभिजनल इन्जिनियर महर्जनले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनलीले नयाँ डिजाइन अनुसारको निर्माण सामग्री भारतबाट ल्याउन तीन हप्ता लाग्ने बताएकाले फ्लाइओभर निर्माणको काम तीन हप्ता पछि मात्र सुरु हुनेछ ।

उहाँले भन्नुभयो, “निर्माण कम्पनीले नयाँ डिजाइन अनुसार आवश्यक पर्ने सामग्री भारतबाट ल्याउन तीन हप्ताको समय मागेको छ । सामान्य काम त अहिले पनि जारी छ तर रफ्तारमा काम भने तीन हप्तापछि मात्र हुनेछ ।”

यो ओजना कम्पनीले नै डिजाइन तयार पारेर निर्माण पनि उसैले गर्ने मोडलमा तय भएको हो । त्यसकारण निर्माण कम्पनीले सुरुमा बनाएको डिजाइनमा नै फ्लाइओभर बन्छ भन्नेमा सडक विभाग विश्वस्त थियो । तर, डिजाइनमा सामान्य समस्या हुँदा डिजाइन परिवर्तन गर्नुपर्ने भयो ।

फ्लाइओभर निर्माणपछि पाँच वर्षसम्म यसको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ । यो फ्लाइओभर नेपालमै पहिलो पटक बन्न लागेको हो । यसमा पिलर प्रयोग हुँदैन। जहाँ स्लोप (भिरालो) पारेर उचाई (हाइट) बनाउने र ओभरहेड ब्रिज रहन्छ। ग्वार्को चोकबाट पश्चिम अर्थात् बि एन्ड बी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने उल्लेख छ ।

यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ । यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहने छन् ।

धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि चर्चामा रहेको ओभरपास २०७९ माघदेखि निर्माण सुरू गरिएको हो। निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ। ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास छ।

ग्वार्को चोकबाट वारपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ। सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ। यो फ्लाइओभर १७ करोड ६८ लाख ८८ हजार ८०८ रूपियाँ लागतमा निर्माण हुन लागेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter