एक्सक्लुसिभ समाचार

सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने

काठमाडौ, पुस १० गते । अति विपन्न समुदायको निःशुल्क र विपन्न नागरिकको सरकारी अस्पतालमा लाग्ने खर्चभन्दा कम शुल्कमा मिर्गौला, पत्थरीको शल्यक्रिया गर्न पाइने भएको छ । युरोलोजिष्ट डा.सञ्जय खड्गीले अति विपन्न परिवारका सदस्यको नि:शुल्क रुपमा र पिपन्न परिवारको सरकारी अस्पतालमा लाग्ने खर्चमै आफूले मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने जानकारी दिनुभयो । डा. खड्कीले १६ वर्षमा १२ […]


भाडामा बस्नेलाई पनि विद्युत् मिटर राख्न दिइने

काठमाडौँ, पुस ९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत खपत गर्ने […]


मासिक २५ रुपियाँबाट सुरु गरेको महिला सहकारीमा करोडौं बचत

गोकर्ण दायल / बैतडी, पुस ८ गते । मासिक २५ रुपियाँबाट बचत गर्न सुरु गरेको महिला सहकारीमा अहिले दुई करोड ३० लाख रुपियाँ लगानीयोग्य पुँजी र एक करोड ६० लाख रुपियाँ बचत जम्मा भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, स्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था खोलेर मासिक २५ रुपियाँ बचत गर्न सुरु गरेर […]


पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, पुस ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २१औँ बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाउनुभएको थियो । उहाँले २०७२ सालको भूकम्पबाट […]


कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्छ : ओली

नारद कोहार / तौलिहवा, पुस ६ गते । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा धेरै उद्योग रहेका छन् । अब हामीले कपिलवस्तु जिल्लालाई औद्योगिक […]


खोप धेरै स्टोरेज नगर्न र अभियान प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँगको आज सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले कोभिड विरुद्धको […]


सर्वदलीय बैठक सम्पन्‍न : संसद्‍को गतिरोध र एमसीसीबारे छलफल

काठमाडौँ, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संघीय संसद्‍को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्‍मा गर्दै […]


पर्यटक लोभ्याउन बन्दीपुरमा फनपार्क निर्माण

अमरराज नहर्की / तनहुँ, पुस ३ गते । पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी गरेर फनपार्क निर्माण गर्नुभएको हो । बन्दीपुरमा पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउन फनपार्क बनाई शुक्रबारबाट सञ्चालनमा ल्याइएको व्यवसायीले बताएका […]


गुइँठामा लुकेको मिथिलाको कला र संस्कृति

धीरेन्द्रप्रसाद साह / जनकपुर, पुस २ गते । तराईतिर गोबर भन्ने बित्तिकै सबैथोक नास भएको आम बुझाई छ । तर यसै गोबरमा मिथिलाको कला झल्किने गरिएको छ । गाईबस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे तापनि गोबरमा मिथिलाको कला र संस्कृति लुकेको कुरा कमैलाई थाहा छ । गाईबस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको […]


चिसो छल्न तराई झर्दै हुम्ली

सिमकोट, पुस १ गते । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्न थालेपछि यहाँका नागरिक चिसो छल्न तराई झर्न थालेका छन् । हुम्लामा मङ्सिर दोस्रो हप्तादेखि हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । तापक्रम माइनसमा पुगेपछि यहाँका नागरिक नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत शहरमा जाडो छल्न पुग्ने गर्दछन् । जिल्लामा अत्यधिक चिसो बढेपछि यहाँका नागरिक जिल्ला बाहिरिने […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter