एक्सक्लुसिभ समाचार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त; गण्डकी र लुम्बिनी प्रदेश प्रमुख हेरफेर

काठमाडौं, साउन १२ गते । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ रहनुभएकाे छ । त्यस्तै, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ्ग र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनकाे नाम सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर […]


विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, साउन ११ गते । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न आयोजना सञ्चालन गर्न ऋण स्वरुप उक्त सहायता स्वीकार गर्ने निर्णय […]


याे वर्ष लटरम्मै फले मार्फामा स्याउ, किसान दङ्ग

अमृतप्रसाद पौडेल / बेनी, साउन १० गते । मिठो स्याउ अनि स्याउको राजधानी भनेर मुस्ताङको मार्फालाइ सम्झन्छौं । स्याउ भन्ने नाम आउँदासाथ मार्फाको स्याउ भन्ने गरिन्छ । हो त्यही मुस्ताङको मार्फाको स्याउ यस वर्ष भने गतवर्षको तुलनामा धेरै फलेको छ । हिमालपारिको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । त्यही मुस्ताङको […]


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारीमा हुँदै

नरेश केसी / सिद्धार्थनगर, साउन ९ गते । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । […]


सरकारले जनताले देख्ने गरी काम गर्छ : प्रधानमन्त्री देउवा; अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ : अर्थमन्त्री

काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई संसदमा उपस्थितिको लागि ह्वीप नगलाएको तर अनुरोध मात्र गरेको बताउनुभएको छ । साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन दलका सांसदहरुलाई अनुरोध मात्र गरिएको उहाँले प्रष्ट पार्नुभयो । प्रतिनिधिसभा बैठकमा शुभकामना दिने क्रममा उठाइएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो […]


खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत

काठमाडौँ, साउन ७ गते । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ […]


दुर्गम वस्ती, अवकाश जीवन, लोभलाग्दो तरकारी खेती

राजन रावत / हुम्ला, साउन ६ गते । सरकारी जागिरबाट एक वर्ष अघि अवकाश प्राप्त सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाको तरकारी खेती लोभ लाग्दो देखिएको छ । सुरुमा काममा व्यस्थ हुन सुरु गर्नु भएको तरकारी खेतीबाट कमाई पनि राम्रो हुन थालेपछि पेशाका रुपमा अहिले लिनु भएको हो । सुरुमा काम गर्ने उदेश्यले सुरु गर्नु भएका […]


इदको अवसरमा बुधबार सार्वजनिक विदा

काठमाडौँ , श्रावण ५ गते । इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा)को अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।


सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, साउन ४ गते । सरकारले हालैको बाढी, पहिरोले क्षतिग्रस्त भएका सिन्धुपालाञ्चोक तथा मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी द्रुत गतिमा काम गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठक पछि सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभयो । मन्त्री कार्कीका अनुसार ती […]


देशका साझा चुनौति सामना गर्न सबै दलसँग सहकार्य गर्न तयार छु : प्रम देउवा

काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग विश्वासको मत माग्नुभएको छ । देशको साझा चुनौतिको सामना गर्न सबै दलसँग आफू सहकार्य र समन्वय गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्र्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । बहुदलीय व्यवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक रहे पनि आफू जनताको माग […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter