• Friday, May 02, 2025

देशका साझा चुनौति सामना गर्न सबै दलसँग सहकार्य गर्न तयार छु : प्रम देउवा

काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग विश्वासको मत माग्नुभएको छ । देशको साझा चुनौतिको सामना गर्न सबै दलसँग आफू सहकार्य र समन्वय गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्र्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । बहुदलीय व्यवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविक रहे पनि आफू जनताको माग पूरा गर्न केन्द्रित रहने प्रतिवद्धता जनाउनुभयो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको राम्रो कामलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।

ओली नेतृत्वको सरकारले केही राम्रो काम पनि गरेकाले प्रधानमन्त्री देउवाले त्यसकालागि धन्यवाद व्यक्त गर्नुभयो । कोभिड नियन्त्रणका लागि सरकार सबै प्रयत्न गर्ने र सबैको सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।

प्रतिनिधिसभा बैठकमा प्रधानमत्री देउवाले विश्वासको मत माग्नु भएपछि सो प्रस्तावमाथि आफ्नो धारणा राख्नुहुँदै नेकपा ९एमाले० का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार जस्केलाबाट आएकाले विश्वासको मत दिन नसकिने बताउनुभयो । राजनीतिक दलीय व्यवस्थाको प्रणाली भत्किदैगएकाले आफूहरु चिन्तित रहेको उहाँले बताउनुभयो । श्रीमान् ५ बाट देउवा प्रधानमन्त्री हुनुभएको उहाँले टिप्पणी गर्नुभयो ।

सर्बोच्चको परमादेशले शक्तिपृथकीकरणको सिद्धान्त खलबलिएको चर्चा गर्नुहुँदै प्रवक्ता ज्ञवालीले भन्नुभयो, “यसरी कसरी लोकतन्त्र संस्थागत होला रु दलीय व्यवस्था कहाँ पुग्ने होला रु” यो संविधानले कहीं कतै निर्दलीय अभ्यास गर्ने छुट नदिएको पनि उहाँले बताउनुभयो । यो अभ्यासले दलीय व्यवस्था समाप्त हुने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जनता नै सर्वोच्च भएको चर्चा गर्नुहुँदै प्रवक्ता ज्ञवालीले अध्यक्ष ओली नेतृत्वको सरकारले गरेको कामले जनता धन्यवाद भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । करोड बढी खोप व्यवस्थापन गरेकाले खोप लगाउँदै, चुच्चे नक्सा हेर्दै जनता एमालेलाई सम्झिने उहाँले बताउनुभयो । देशको अखण्डता, राष्ट्रियताको पक्षमा रहेकाहरु पनि ओली नेतृत्वको सरकारलाई सम्झिने उहाँले बताउनुभयो ।

राष्ट्र, राष्ट्रियताको पक्षमा अटल पहरेदारी बनेर एमालेले भूमिका निर्वाह गर्ने बताउनुभयो । एमाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुहुँदै उहाँले सरकारको गलत कामको खवरदारी र राम्रो कामको प्रसंशा गर्ने बताउनुभयो । जुन विधिबाट सरकार परिवर्तन भयो त्यो बाटो गलत भएको र त्यसले मुलुकलाई दूरगामी असर पार्ने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter