• Friday, June 13, 2025

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, साउन ४ गते । सरकारले हालैको बाढी, पहिरोले क्षतिग्रस्त भएका सिन्धुपालाञ्चोक तथा मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी द्रुत गतिमा काम गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठक पछि सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभयो ।

मन्त्री कार्कीका अनुसार ती जिल्लालाई आगामी २०७८ साल असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी बाढी तथा पहिरोले क्षति भएका संरचनाको प्रभावकारी रुपमा पुनःनिर्माण तथा अन्य आवश्यक निर्माण, मर्मत सम्भार गर्ने कार्य गर्ने निर्णय भएको छ ।

नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रहरुलाई सरकारले धन्यवाद दिँदै अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराइदिनका लागि खोप उत्पादक मित्र राष्ट्रलाई आग्रह गर्ने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो ।

त्यसैगरी, सोमबारको मन्त्रिपरिषदले इस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सञ्चारकर्मीहरुको एक अर्काे जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, ‘अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरिएको छ ।’

त्यसैगरी, सरकारले भारतसँगको हवाई यातायातलाई सहज बनाउन हप्तामा थप हवाई उडानका लागि अनुमति दिने निर्णय पनि गरेको छ । विगतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालले भारतलगायतका अन्य मुलुकसँग हवाई उडान सेवा बन्द गरेको थियो । केही समयअघि भारतसँग हप्ताको दुईवटा उडानका लागि सरकारले अनुमति दिएको थियो भने अब हप्तामा छ वटा उडान गरिने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter