समाचार

१६७ सङ्क्रमित थपिए, ११५ कोरोनामुक्त, दुईको मृत्यु

काठमाडौं, चैत १७ गते । नेपालमा कोरोनाभाइरसका १६७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै तीन हजार १४० जनाको आरटीपीसीआर परीक्षण गरेकोमा १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका […]


‘मिनी ग्रेटवाल’ मा आकर्षण, बन्दीपुरमा थप पर्यटक भित्रिँदै

कृष्ण न्यौपाने / दमौली, चैत १६ गते । चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको हो । गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न […]


खोप हस्तान्तरण नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदानः प्रधानमन्त्री

काठमाडौँ, चैत १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नेपालका लागि चीनका राजदूत हाउ यान्छीले उक्त खोप र खोपसम्बन्धी दस्तावेज सरकारलाई हस्तान्तरण गर्नुभएको […]


पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण, ८२ संक्रमण मुक्त

काठमाडौं, चैत १६ गते । पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ८२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । पछिल्लो २४ घण्टामा तीन हजार १२२ जनाको पीसीआर टेस्ट गरिएको थियो ।


विद्युतीय बस खरिद प्रक्रिया सुरु

लक्ष्मण दर्नाल / काठमाडौँ, चैत १५ गते । विद्युतीय बस खरिद प्रक्रिया सुरु भएको छ । साझा यातायातले ४० वटा विद्युतीय बस खरिदका लागि विश्वव्यापी बोलपत्र गरेपछि प्रक्रिया सुरु भएको हो । साझाले शुक्रबार ४५ दिने बोलपत्र जारी गरी प्रक्रिया अघि बढाएको हो । नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिदका लागि बोलपत्र […]


पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिए ९५ निको भए

काठमाडौं, चैत १५ गते । पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य र छ । पछिल्लाे २४ घण्टामा दुइ हजार १०१ जनाकाे पीसीअार टेस्ट गरिएकाे थियाे ।


चीन, भारत र पाकिस्तानीलाई पर्वतारोहण तालिम दिँदै नेपाली गाइड

छेटु शेर्पा / काठमाडौं, चैत १४ गते । शक्तिशाली छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानी नागरिकलाई नेपाली माउन्टेन गाइडले पर्वतारोहण तालिम दिने भएका छन् । ती देशमा अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त माउन्टेन गाइड नभएका कारण नेपाली माउन्टेन गाइडहरुले पर्वतारोहण सम्बन्धि तालिम दिने भएको हो । नेपाल सन् २०१२ देखि अन्तराष्ट्रिय पर्वतारोहण पथप्रर्दशक महासंघको सदस्य राष्ट्र भए पछि […]


८५ सङ्क्रमित थपिए, ९३ कोरोनामुक्त, तीनजनाको मृत्यु

काठमाडौं, चैत्त १४ गते । नेपालमा कोरोनाभाइरसका ८५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार […]


मेलम्चीको पानी धोबीखोलामा खसालियो,आइतवारबाट घरघरमा पानी

मुकुन्द गैरे / काठमाडौं, चैत्र १३ गते । मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाईको छ । यसैबीच आज ( शुक्तबार) खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गर्नुभयो । आज मेलम्चीको पानीलाई थोक […]


१५६ सङ्क्रमित थपिए, ७० कोरोनामुक्त

काठमाडौं, चैत्त १३ गते । नेपालमा कोरोनाभाइरसका १५६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४१६ जनाको परीक्षण गरिएकोमा १५६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter