समाचार

जनताले खोजेको र रोजेको सही पात्रबाट काम अघि बढाउन पाउनुपर्छ : ज्ञानेन्द्र शाह

काठमाडौँ , कार्तिक ०३ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने बताएका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् । व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, […]


एनआरएनएको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौँ , कार्तिक ०३ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले जानकारी दिएका हुन् । बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका […]


दसैँ बिदामा आयोग खुला रहने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको छ । बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरु खुला रहने प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको […]


राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दसैँको टिका लगाइदिने, यस्तो छ

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ । बिहीबार एक प्रेस नोट जारी गरी राष्ट्रपति कार्यालयले कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो । विज्ञप्तिमा विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि […]


चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

जोमसोम, कार्तिक ०१ गते । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए । “मुुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका […]


सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी, बिलबिनै मासिक १२५ लिटर तेल

काठमाडौँ , कार्तिक ०१ गते । सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ । यसबाहेको यी कर्मचारिले […]


तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौँ , असोज २९ गते । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन […]


नेपाल प्रहरीको कर्तव्यवोधले मात्र सुशासनको पूर्ण अनुभूति गर्न सकिन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ , असोज २९ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र समग्र मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताएका छन् । ६८ […]


प्रदेश संरचना खारेज गरौँ, दुई तहको सरकार बनाऔँ : कमल थापा

काठमाडौँ , असोज २७ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उनको तर्क थियो । पार्टीद्वारा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? […]


भ्रष्टाचारमा सबैभन्दा धेरै सरकारी कर्मचारी संलग्न – सर्वेक्षण

काठमाडौँ , असोज २७ गते ।अल्टरनेटिभ फाउन्डेसनले गरेको एक सर्वेक्षणबाट सरकारी कर्मचारी सबैभन्दा धेरै भ्रष्टाचारमा संलग्न रहने गरेको पाइएको छ । फाउन्डेसनले देशभरका सातै प्रदेशमा पुगेर गरेको सर्वेक्षणबाट सरकारी कार्यालयका कर्मचारीबाट सबैभन्दा धेरै भ्रष्टाचार हुने गरेको आँकडा आएको हो । फाउन्डेसनले एक हजार जनालाई सोधेको प्रश्नबाट ७०.५ प्रतिशत उत्तरदाताले सरकारी कर्मचारीबाट सबैभन्दा धेरै भ्रष्टाचार हुने […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter