समाचार

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

काठमाडौं, असोज ९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभामा दर्ता भएको र शिक्षकसँगको सहमतिलगायतका विषयमा कांग्रेस संसदीय दलले राखेको सरोकार भएका पक्षसँगको छलफल कार्यक्रमको समापनमा सभापति देउवाले भन्नुभयो, “सधैँभरि समस्या बल्झाएर राखेर हुन्न । विधेयकमा […]


जनतालाई अधिकार दिने विषयमा कन्जुस्याइँ गर्नुहुन्न : राष्ट्रपति पौडेल

धर्बेन्द्र झा / धनुषा, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइ गर्न नहुने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सोमबार राष्ट्रपति पौडेललाई गरेको अभिनन्दन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संविधानले नै संघीयता, गणतन्त्र र लोकतन्त्रलाई कार्यान्वयनमा ल्याउन भनेकाले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न […]


तोरीको तेल गाउँमै खपत

गोकर्ण पौडेल / तुलसीपुर, असोज ८ गते । तुलसीपुर उपमहानगरपालिका वडा २ मा रहेको दर्पण कृषि सहकारी संस्थाले गाउँमै उत्पादन भएको तोरीलाई गाउँमै खपत गर्न सुरु गरेको छ । सहकारी संस्थाले तेल उत्पादनका लागि मिल र तेल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तोरीजोन कार्यक्रम अन्तर्गत तेल प्रशोधन केन्द्र सञ्चालनमा […]


पशुपालक कृषकलाई चार करोड अनुदान

कबिराज घिमिरे / हिले, असोज ७ गते । धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् । भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात […]


पर्यटन दिवसमा सडक महोत्सव हुने

फडिन्द्र अधिकारी / लेखनाथ, असोज ७ गते । यसपालिको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आगामी बुधबार मनाइँदैछ । दिवसको अवसरमा पर्यटकीय नगर पोखरामा मिनीसडक महोत्सव हुनेभएको छ । पोखराका पर्यटन सम्बद्ध सङ्घ, संस्थाको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलनगरी महोत्सवसहित विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाएको हो । गण्डकीको उद्योग पर्यटन, […]


समृद्ध नेपालका लागि महिला–पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं, असोज ५ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्र समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ । शुक्रवार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखी नेपाली समृद्ध […]


अब गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र

काठमाडौं, असोज ५ गते । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था लागू भएको छ । गृह मन्त्रालयले असोज ४ गते बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार सो व्यवस्था कायम भएको मन्त्रालयका उपसचिव एवम् नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । […]


प्रधानमन्त्री प्रचण्ड शनिबार चीन भ्रमणमा जाँदै

काठमाडौं, असोज ४ गते । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको राजधानी न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार जनवादी गणतन्त्र चीन पुग्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड जनवादी गणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानु लाग्नु भएको हो । परराष्ट्र मन्त्रालयले औपचारिकरूपमा प्रधानमन्त्रीको चीन भ्रमण तालिका सार्वजनिक गरिसकेको […]


दलको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ : नेता सिटौला

काठमाडौं, असोज ४ गते। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बिचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ। बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरे अनुरूपका काम अझै अधुरो रहेको भन्दै […]


विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको निर्णय

काठमाडौं, असोज ३ गते । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बुधबार काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला काठमाडौँ महानगरले विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरूमाथि कारबाही गर्ने जानकारी महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले दिनुभयो । शिक्षा अधिकारी कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter