समाचार

भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी; धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

नगरकोट, साउन ८ गते । भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३÷७४ मा दोब्बरले वृद्धि भएको छ । भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा भने १० […]


नुवाकोटमा ५,८४९ घरको पुनःनिर्माण

नुवाकोट, साउन ८ गते शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार सय ४९ पुगेको छ । आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफंैले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन् । […]


द्वन्द्वपीडितका माग : दिगो पुनःस्थापना हुनुपर्ने

बैतडी, साउन ८ गते । यहाँ द्वन्द्वपीडितले आफूहरुको दिगो पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । दोगडाकेदार गाउँपालिका श्रीकेदारका ६० वर्षीया विष्ना विष्टले आफ्ना एक मात्र २२ वर्षीय छोरा द्वन्द्वकालमा विद्रोही माओवादीद्वारा मारिएकाले बुढ्यौलीमा आफ्नो स्याहार गर्ने कोही नभएको बताउनुभयो । दशरथचन्द नगरपालिका–२ देहीमाडौँंका ६० वर्ष नाघ्नुभएका गोजडी बोहरालाई पनि बुढेसकाल लागेपछि अब कसरी बाँच्ने भन्ने […]


चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

चितवन, साउन ७ गते । ‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको […]


अवरोधका कारण प्रसारण लाइन विस्तारमा ढिलाइ

इलाम, साउन ७ गते । स्थानीय बासिन्दाको अवरोधका कारण इलामको सिद्धिथुम्कामा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी ट्रान्समिसन लाइन विस्तारमा ढिलाइ भएको छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइइ) प्रतिवेदन विपरित १३२ केभी ट्रान्समिसन लाइनको टावर गाड्न थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका हुन । दुई महिनायता सो कोरिडोरको काम ठप्प हुँदा इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट […]


श्रमिक आन्दोलनमा गिरिजाबाबुको महत्वपुर्ण योगदान : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, साउन ७ गते । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएको बताउनुभयो । “गिरिजाबाबु जनताले सहजरुपमा […]


सांसदले भने, ‘सुधार भएन दूरसञ्चार सेवाको गुणस्तर’; कर्णाली र सेतीको पहाडी क्षेत्रमा सधैँ समस्या

काठमाडौँ, साउन ६ गते । “मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो । दूरसञ्चार सेवा प्रदायकले उपभोक्तामाथि ठगी गरिरहेको सन्दर्भ जोड्दै सांसद राणाले भन्नुभयो – “उपभोक्तालाई गुणस्तरीय सेवा […]


मिलापत्रमै सीमित हुन्छ छुवाछुत मुद्दा

लहान, साउन ६ गते । पानी छोएको निहुँमा सिरहाको मिर्चैया नगरपालिका– ९ अँधेरीकी २६ वर्षीया शोभा विश्वकर्मा गत वैशाख २६ गते गैर दलित महिलाको कुटपिटबाट पीडित भइन् । गाउँको सार्वजनिक इनारमा पानी भर्न गएकी शोभालाई स्थानीय अरिमान तामाङ र लीलामाया तामाङले कुटपिट गरेकाले भोलिपल्टै शोभाले मिर्चैया इलाका प्रहरी कार्यालयमा तामाङद्वय विरुद्ध लिखित जाहेरी दिइन्, प्रहरीले […]


रोगको प्रकृतिमा परिवर्तन आएपछि ‘जनता स्वास्थ्य क्लिनिक’ खोलिँदै

काठमाडौँ, साउन ६ गते । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडाँैका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ […]


ठमेल र पोखरा २४ सै घण्टा खुलाउन सुरक्षा

काठमाडौँ, साउन ५ गते । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभएको छ । गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter