
गुल्मी (तम्घास), ३० पुस । गुल्मी जिल्लामा एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छिन् । यसरी चारजना चुम्ल्याहा सन्तान जन्माउनेमा गुल्मी जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवर रहेकी छिन् । उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र […]

काठमाडौँ, २९ पुस । सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६०आँै बुद्धजयन्ती मनाउने तयारी गरेको छ । सम्मेलन गर्न बौद्ध गुरुसँग आज मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने बताउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो – “विश्व शान्तिको सन्देश लिएर गौतम बुद्ध […]

वीरगन्ज, २९ पुस । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमा रक्सौलमा महिनौँदेखि रोकिएका ग्यास बुलेट रिरुट गरी नेपाली भित्र्याइने भएको छ । भारतबाट ग्यास लिएर वीरगन्ज नाकामा आइपुगेका ग्यास बुलेट मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि विगत चार महिनादेखि सीमावर्ती भारतीय सहर रक्सौलमा नै थन्किएका […]

पथरी (मोरङ), २८ पुस । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि […]

काठमाडौँ, २७ पुस । अपाङ्गता भएका व्यक्ति र उनीहरुका विषयमा सञ्चारमाध्यममा प्रकाशित, प्रसारित हुने समाचारमा जथाभावी शब्दको प्रयोग हुन थालेको भन्दै प्रेस काउन्सिलले सम्बन्धित निकायसँग छलफल गरी अपाङ्गतासम्बन्धी आचारसंहिता निर्माण कार्य थालेको छ । उक्त आचारसंहितासम्बन्धी तयार भइसकेको मस्यौदामाथि आज छलफल तथा सुझाव प्रस्तुत गरियो । प्रेस काउन्सिल नेपाल, राष्ट्रिय अपाङ्ग महासङ्घ, माइ राइट्स नामक […]

(शर्मिला पाठक ) काठमाडौँ, २६ पुस । काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्व र सहरीकरणलाई ध्यानमा राख्दै आगलागी नियन्त्रणका लागि १० वटा दमकल स्टेसन बनाइने भएको छ । काठमाडौँ उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल स्टेसन रहेका छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्ने हो भने यो सङ्ख्या अत्यन्तै कम भएको जानकार बताउँछन् । बढ्दो जनसङख्या […]

गोरखा, २५ पुस । गोरखाको लाप्राक, बारपाक र घ्याच्चोकलगायत क्षेत्रमा गएराति भीषण असिना पानी परेको छ । बारपाकमा बेलुकी ९ बजेदेखि असिनासहितको पानी परेको थियो भने लाप्राक र घ्याच्चोकमा बेलुकी ११ बजेदेखि असिनापानी परेको स्थानीयले टेलिफोनमा बताएका छन् । त्यस क्षेत्रमा रातभर सिमसिम पानी बर्सेको छ । “असिना पानी परेपछि अत्यधिक चिसो बढेको […]

काठमाडौँ, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्नुहुने भएको छ । ‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ माघ २ गते १८ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । अठारौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले […]

े पाँच किलोवाट क्षमताका दुईवटा पङ्खाबाट १० किलोवाट र १५ किलोवाटको सौर्य ऊर्जाको मिश्रित प्रणालीबाट उत्पादित विद्युत्् यहँँका १३१ घरपरिवारमा वितरण गरिएको छ । हाल बत्ती बाल्नका लागि मात्र उपयोग गरिएकोमा अब सौर्य प्रणालीलाई पनि जोडेपछि गाउँलेहरुले अन्य विद्युतीय उपकरण सञ्चालन गर्नसक्ने केन्द्रका प्राविधिक अधिकृत प्रकाश अर्याल बताउनुहुन्छ । परियोजनाबाट उत्पादित विद्युत््लाई १७ हजार एम्पिएर […]

(नारायण न्यौपाने) काठमाडौँ, २१ पुस । मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन अङ्ग प्राप्त गर्न सकिने नातेदारको सूचीलाई फराकिलो तुल्याउँदै विधेयकलाई अन्तिमरुप दिने तयारी भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निधेष) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा मानव प्रत्यारोपणलाई सरल र सहज बनाउन […]