एक्सक्लुसिभ समाचार

शिक्षा, स्वास्थ्य र स्थानीय निकायमा बढी भ्रष्टाचार– अख्तियार

काठमाडौँ, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह, भौतिक पूर्वाधार, कृषि, राजस्व प्रशासन र सहरी विकाससँग जोडिएका उजुरी अघिल्ला वर्षको तुलनामा बढेको बताएको छ । आयोगद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णहरि पुष्करले सबैभन्दा बढी उजुरी शिक्षा, स्थानीय निकाय, भूमि प्रशासन, स्वास्थ्य र वनमा आएको जानकारी दिनुभयो । यस्तै स्थानीय निकायको पनि तीन […]


दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्यो

 जाजरकोट, २० माघ । यहाँका ग्रामीण क्षेत्रका विद्यालयमा दिवा खाजाका कारण विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । अघिल्लो वर्षभन्दा झन्डै पाँच हजार नयाँ विद्यार्थी दिवा खाजा कार्यक्रम ल्याएपछि थपिएका छन् । दिवा खाजा कार्यक्रम लागू भएपछि बर्सेनि विद्यालय उमेरका विद्यार्थी खाजाकै कारण बढी थपिने गरेको शिक्षाका लागि खाद्य कार्यक्रमका संयोजक रवीन्द्रमानसिंह भण्डारीले जानकारी दिनुभयो । […]


जिम्बुबाट आकर्षक आम्दानी

  मुस्ताङ, १९ माघ । उच्च हिमाली क्षेत्रमा पाइने जिम्बु बेचेर यहाँका कृषकले आकर्षक आम्दानी गर्ने गरेका छन् । जिल्लाको कागबेनी, मुक्तिनाथ र जोमसोम गाविसको माथिल्लो भेगमा पाईने जिम्बुलाई टिपेर घाममा सुकाई बिक्री गरिन्छ । उनीहरुले एउटै याममा जिम्बु बिक्री गरी रु दुई लाख बढी आम्दानी गर्न सफल भएका छन् । वेशीमा घुम्ती व्यापार गर्न […]


त्रिपाल खरिद प्रकरण ः स्थानीय विकास अधिकारीसहित छ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, १९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपाल खरिदमा अनियमितता गरेको र नक्कली बिल तथा भर्पाइ खडा गरी राज्यकोषको दुरुपयोग गरेको अभियोगमा काठमाडौँका स्थानीय विकास अधिकारीसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार काठमाडौँका तत्कालीन स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई, लेखा अधिकृत यामनारायण शर्मा र भण्डारण शाखाका […]


ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

    (रमेश लम्साल) काठमाडौँ, १७ माघ । तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले आगामी फागुन ४ गते (फ्रेबुअरी १६) सम्ममा भारतबाट ८० मेगावाट विद्युत् आयात गर्ने […]


साउदीमा तीन सय नेपालीको बिचल्ली

    (भरत प्रधान) साउदी अरब, १७ माघ । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत […]


चुरे क्षेत्रमा तीव्र रुपमा वन विनास, जमिन मरुभूमिकरणतर्फ

 वीरगन्ज, १५ माघ । चुरे क्षेत्रको बढ्दो वन विनासका कारण तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चुरे क्षेत्रको बढ्दो वन विनासका कारण बाढी पहिरो हुने गरेको, अन्नको भण्डार मानिने तराई–मधेसका जमिन विस्तारै मरुभूमिमा परिणत हँुदै गएको, पानीको स्रोत सुक्न थालेका, कृषि उत्पादनमा हस आएको र उर्वरभूमि कटान हँुदै […]


पर्यटक लोभ्याउँदै सामुदायिक वन

    (चन्द्रकला भण्डारी) काँकडभिट्टा (झापा), १३ माघ । जिल्लाका सामुदायिक वनले प्राकृतिक सिमसार र वन्यजन्तुको संरक्षण गरेर आन्तरिक पर्यटक आकर्षित गर्न सफल भएका छन् । जिल्लाका ५० वटा वन समुदायमा हस्तान्तरण भइसकेका छन् । तीमध्ये समुदायमा गएका एकदर्जन सामुदायिक वनले आफ्नो क्षेत्रका सिमसार, पोखरी र हरियाली वातावरणलाई पर्यटकीय स्थलको रुपमा विकास गरेका छन् । […]


किबीबाट वार्षिक रु छ लाखसम्म आम्दानी

  (केदार मगर) खोटाङ, ११ माघ । किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन गर्नुभएको छ । करिब पाँच वर्षपछि फल दिने […]


उखु खेतीमा कृषक आकर्षित

    दाङ, ९ माघ । त्रिपुर नगरपालिका–४ स्यानी गाउँका स्थानीय बासिन्दाले उखुखेतीबाट लाखौँको आम्दानी गरेका छन् । उखु खेतीबाट गाउँका सबैजसो किसानले राम्रो आम्दानी समेत लिएको बताउँछन् । उनीहरुले आफनो बारीमा लगाउने उखु खेतीबाट आएको आम्दानीबाट आत्मनिर्भर हँुदै आएको किसानको भनाइ छ । किसानले अन्यखेती नहुने स्थानमा उखुखेती गदै आएको बताउँछन् । उक्त स्थानमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter