
काठमाडौँ, ७ पुस । बाली संरक्षण निर्देशनालयले साताव्यापी विषादि प्रयोगमुक्त सप्ताह कार्यक्रम–२०७२ को आयोजना गर्ने भएको छ । निर्देशनालयले आज हरिहरभवनमा पत्रकार सम्मेलनको आयोजना गरी यही पुस ८ गतेदेखि १४ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विषादिमुक्त सप्ताह मनाउन लागेको हो । ‘घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौँ’ भन्ने […]

पोखरा, ६ पुस । कास्कीमा माछापालन व्यवसायतर्फ किसानको आकर्षण बढेको छ । भौगोलिक अवस्थितिका कारण तालतलैया रहेका कारण माछापालनका पर्याप्त सम्भावना रहेको र लगानीअनुसार राम्रो उत्पादन हुने भएको भन्दै कृषक माछापालनतर्फ आकर्षित बनेका हुन् । स्थानीयरुपमा पनि माछाको अत्यधिक माग हुने भएका कारण पनि माछापालनमा कृषकको रुचि बढेको कालिका गाविस– ८ मादीबेंसीका किसान […]

(सिबी अधिकारी) चम्पे (भोजपुर), ५ पुस । चम्पे–३ सो¥याङका जीवन राई पैसा कमाउन केही वर्ष अगाडि खाडी मुलुक पुग्नुभयो । त्यहाँ सात वर्ष दुःख गर्दा पनि घर फर्कन पुग्ने पैसा जोगाउन सक्नुभएन । पैसा नभएपछि अन्ततः घरबाट पैसा मगाएर गाउँ फर्किनुभयो र त्यसपछि अलैँची खेती सुरु गर्नुभयो । पुख्र्यौली पेसा लत्याएर पैसा कमाउन कलिलो उमेरमा […]

(सिबी अधिकारी) काठमाडौँ, ४ पुस । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने एउटै हुनुहुन्छ काठमाडौँ, वसुन्धराका माधव कार्की । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले […]

काठमाडौँ, २ पुस । काठमाडौँ–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो । तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी […]

काठमाडौँ, १ पुस । सिएनएन हिरो संयुक्त राज्य अमेरिकाकी युवती म्यागी डोयनले बालबालिकाका लागि सुर्खेतमा छिट्टै भूकम्प प्रतिरोधी क्याम्पस भवन बनाउने घोषणा गर्नुभएको छ । सिएनएन हिरोको उपाधि जितेपछि नेपाल आउनुभएकी म्यागीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाज सेवाका माध्यमबाट अनाथ तथा असहाय बालबालिका हुर्काएर सक्षम नागरिक बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । […]

काठमाडौँ, २९ मङ्सिर । रसुवा भन्सारले दैनिक रु एक करोड बराबरको राजस्व सङ्कलन गर्न थालेको छ । पछिल्लो पटक भारतको अघोषित नाकाबन्दीका कारण दक्षिणतर्फको राजस्व सङ्कलनमा अवरोध भएपछि उत्तरतर्फको नाका रसुवागढी भन्सारबाट दैनिक राजस्व उठ्ने दर बढ्न थालेको हो । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले रसुवागढी भन्सार नाकाबाट दैनिक राजस्व उठ्नेक्रम बढेको जानकारी […]

डडेल्धुरा, २८ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीका कारण ब्लड ब्याग आयात हुन नसक्दा डडेल्धुरा जिल्लामा रगत सङ्कलनमा समस्या भएको छ । रगतको अभाव पूरा गर्न रगत सङ्कलनका लागि शिविरको आयोजना हुने भए पनि ब्लड ब्याग नहुँदा समस्या आएको रक्तसञ्चार सेवा केन्द्र्र डडेल्धुराका प्रमुख गणेश ऐरले बताउनुभयो । डडेल्धुरा जिल्लामा दैनिक दुईदेखि तीन पिन्टसम्मको […]

पुनर्बास (कञ्चनपुर), २७ मङ्सिर । भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ । शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ । नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन […]

बनेपा, २६ मङ्सिर । व्यावसायिकरुपमा किबीको खेती हुन थालेपछि काभ्रेपलाञ्चोकमा किबीको बिरुवाको माग बढ्न थालेको छ । करिव एक हजार ५०० मात्रै बिरुवा उत्पादन हुने नर्सरीमा अहिले झण्डै १० हजार किबीको बिरुवाको नर्सरी गरिएको र त्यसबाट चार हजार बिरुवाको बिक्री वितरण भएको बुद्ध फलपूmल नर्सरी, नासिकास्थानका सञ्चालक शम्भु घिसिङ्ले जानकारी दिनुभयो । उहाँले अहिले […]