विचार / अन्तर्वार्ता

संविधान संशोधन भए मात्र देशले निकास पाउँछ : अध्यक्ष गच्छदार; निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्छ : नेता नेपाल

सप्तरी, २२ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताउनुभएको छ । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो — “संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्छ ।” अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन […]


पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री दाहाल

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्नुहँुदै उहाँले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल […]


संशोधन विधेयक राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव हो : ओली;  संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ : साना दल

  काठमाडौँ, २२ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको छ । एमालेसहित विपक्षी नौ दलले आज यहाँ आयोजना गरेको जनसभामा नेता ओलीले तराई र पहाडका जिल्लालाई आपसमा अलग गर्ने गरी ल्याइएको संशोधन संविधान […]


पुँजीगत खर्च ८० प्रतिशत पु¥याउन निर्देशन

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई यहाँ आज सम्बोधन गर्दै उहाँले आव सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु दुःखद भएको बताउनुभयो । […]


संविधान कार्यान्वन नभए अहिलेसम्मका उपलब्धि गुम्न सक्ने खतरा – प्रधानमन्त्री दाहाल

दाङ, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकाले यो प्रस्तावको टुङ्गो संसद्बाट नै लगाउनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर, दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘प्रस्ताव फिर्ता हुँदैन, मतदानमा पारित भए पनि नभए पनि मतदान गर्नुपर्छ ।’’ उहाँले आफू केही दिनदेखि जिल्ला बाहिरका कार्यक्रममा सहभागी […]


सङ्घीयता र गणतन्त्र उल्ट्याउन कोसिस हुँदैछः प्रधानमन्त्री प्रचण्ड

सुर्खेत, ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक मान्यता उल्ट्याउने कोसिस भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले सुर्खेतमा आयोजना गरेको ६ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “माओवादी आन्दोलन केही कमजोर भएपछि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका मुद्दा उल्टाउने कोसिस भइरहेको छ ।” नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत […]


८० प्रतिशत थाई जनतालाई बुद्ध नेपालमा जन्मेको हो भन्ने जानकारी छैन

नारायण अधिकारी / नारायण ढुंगाना, थाइल्यान्ड, १२ मङ्सिर । थाइल्यान्डमा झन्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन् । यस मुलुकको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय हो र यहाँ बर्सेनि दुई करोडभन्दा बढी विदेशी पर्यटक भित्रिने गर्दछन् । यहाँका स्थानीयवासी बुद्ध शब्द सुनेर हुरुक्कै हुने गर्छन् । उनीहरुले असाध्यै स्नेहका साथ भक्तिभाव गर्ने दुईमा एक बुद्ध हुन् […]


सबैसँग मित्रभाव कायम गर्ने नेपालको परराष्ट्र नीतिः प्रम दाहाल

काठमाडौँ, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रभाव कायम गर्ने नेपालको स्पष्ट परराष्ट्र नीति भएको बताउनुभएको छ । द डेभलपमेन्ट इन्स्टिच्युटद्वारा यहाँ आज आयोजित ‘त्रिपक्षीय विमर्शभन्दा पर हिमालयपार सहयोग’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कालदेखि सार्वभौम र स्वतन्त्र मुलुक नेपालले मैत्री, विश्वास र आपसी समझदारीबाटै अन्तर्राष्ट्रिय […]


राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा नयाँआधार सिर्जना हुने : परराष्ट्र मन्त्री

काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट बुधवारदेखि हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्ने विश्वास परराष्ट्रमन्त्रीले व्यक्त गर्नुभएको छ । राष्ट्रपति मुखर्जीको नेपालको तीनदिने (कात्तिक १७—१९) सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । करिब १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो […]


भूकम्पपीडितलाई अनुदान वितरणको पैँतालीसदिने अभियान सन्तोषजनक : प्रधानमन्त्री

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अनुदान रकम वितरणका लागि समय तोकेर सञ्चालन गरिएको ४५ दिने अभियान सन्तोषजनक भएको बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको अध्यक्ष रहनुभएका प्रधानमन्त्री दाहालको सभापतित्वमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा भूकम्पबाट प्रभावित १७ जिल्लामा छिटो सर्वेक्षण गर्न केन्द्रीय तथ्याङ्क विभागलाई परिचालन गर्न पनि उहाँले निर्देशन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter