विचार / अन्तर्वार्ता

निषेधको राजनीति नगर्न पूर्वराजा शाहको आग्रह

काठमाडौँ, ४ कात्तिक / पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । निषेधको राजनीतिले विद्रोहको भावना उत्पन्न हुने हुँदा सबैको भावनालाई एकताबद्ध गर्न उनले सुझाव दिए । ‘अन्तर्राष्ट्रिय विराट् हिन्दू महासम्मेलन’ को राजधानीमा शुभारम्भ गर्दै पूर्वराजा शाहले सवैलाई एकतावद्ध गर्न सुझाव दिएका हुन् । उनले अनादिकालदेखि चल्दै आएको हिन्दू सनातन धर्ममा सामाजिक सद्भाव, […]


संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ –प्रचण्ड (प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ)

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार व्यवथापिका संसदमा संवोधन गर्दैं प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन । उनले समस्या समाधानका लागि औपचारिक भन्दा पनि अनौपचारिक छलफल बहसका जोड दिएको बताए । प्रधानमन्त्री प्रचण्डले तिहार र छट सम्म सत्तापक्ष , प्रतिपक्ष र आन्दोलनकारी […]


आतङ्कवाद र अतिवादी सोच बिम्स्टेक मुलुकका साझा चुनौतीः प्रम दाहाल

कृष्ण अधिकारी / गोवा (भारत), ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आतङ्कवाद र अतिवादी सोच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकको साझा चुनौती रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ । भारतको गोवामा चलिरहेको बिम्स्टेक बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आतङ्कवाद र अतिवादको कुनै पनि स्वरुपलाई क्षमा […]


मालासंहिता (व्यङ्ग्य)

योगीशकृष्ण / कोठा भव्य देखिन्थ्यो । चारैतिर पोस्टर साइजका फोटोहरू । मुस्कुराइरहेका नेताहरूको फोटो टाँसिएको भित्ता नेताहरूको अनुहार जस्तै चमकिरहेको थियो । नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री,मन्त्री एवम् पूर्वमन्त्रीहरूको एक से एक फोटो । मित्रवर बन्धुको कोठामा यस्तो दृश्य मेरा लागि अकल्पनीय थियो । सोधेँ, “राजनीतिमा लाग्ने विचार आयो कि कसो ?” सदा झैँ उसले गम्भीरतापूर्वक जबाफ दियो“होइन, […]


शान्तिको मर्म युद्धबाट आएकालाई नै बढी थाहा हुन्छ ः प्रधानमन्त्री

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिको मर्म र भावना युद्ध र विद्रोहबाट आएकालाई नै सबैभन्दा बढी अनुभूत हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गान्धीले शान्ति अहिंसाको मार्गबाट समाजलाई परिवर्तन गर्नुभए पनि राष्ट्रिय आवश्यकता र समाजको चाहनाले […]


नेपालमा एमाले मार्क्सवादी र माओवादी (केन्द्र) गोदामवादी देखिन्छन् : प्रदीप नेपाल

प्रदीप नेपाल नाम आफैमा परिचय बनिसकेको छ । उहाँको राजनीतिक र साहित्यिक व्यक्तित्व समानान्तर रूपले विगत ४५ वर्षदेखि सक्रिय रहँदै आएको छ । नेपालको राजनीतिक नेतृत्व नयाँ पुस्ताले लिनु पर्छ भन्ने मान्यतामा दृढ रहनुहुने नेपालसमक्ष नेपालइखबरले समसामयिक विषयमा राखेका जिज्ञासाका उत्तरहरू उहाँको सुपरिचित शैलीमा प्रस्तुत छ । किशोरावस्थादेखि नै बाम आन्दोलनमा लाग्नु भएको यहाँलाई मुलुकले […]


सहिद दिग्दर्शन (व्यङ्ग्य)

योगीशकृष्ण / जाँचमा पास गराउने खालका कुनै किताब लेख्ने काम थिएन । फुर्सदमा थिएँ । अचानक म सहिद संसारमा पुगेँ । त्यस्तो संसार जहाँ सहिदहरू बस्ने गर्छन् । ढोकाबाट छिर्नासाथ एक हुल सहिद मलाई घेर्न आइपुगे । मसँग हात मिलाउन तँछाड मछाड गरे । बल्ल बल्ल सबैसँग हात मिलाएँ । सहिद संसारमा केही समय बस्दा […]


आयातित सहिदलाई राहतस्वरुप १६ लाख रुपियाँ दिन प्रार्थना (व्यङ्ग्य)

योगीशकृष्ण : मित्रवर बन्धु सदा झैँ चिन्तित थियो । ऊ आजकाल धेरै चिन्ता गर्न थालेको छ । मलाई भने उसले चिन्ता गर्नु पर्ने कुनै कारण छैन । नेपालको चिन्ता गर्न एक से एक महानुभाव नेपालमा छन्–युरोपदेखि भारतसम्मका चिन्ता विशेषज्ञ । उनीहरू आफ्ना रुचिको विषयमा बेलाबखत चिन्ता प्रकट गरिरहन्छन् । भारतका राजदूतको त मूल काम नै […]


आलेख : दिपाङ ताल अब ‘हनिमुन लेक’ बन्ने

वासुदेव पौडेल / पोखरा, २७ साउन । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको […]


प्रेममा झैँ सहयात्रामा पनि धोका: अध्यक्ष ओली

काठमाडौं, २२ साउन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्। जापानको हिरोसिमा र नागासाकीमा एटम बम हमला भएको ७१औँ स्मृति वर्षका सन्दर्भमा शनिबार नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठन (आप्सो)ले आयोजना गरेको ‘एसियामा आणविक अस्त्रको अविछिन्न सन्त्रास’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले जहाँ पुग्यो त्यहीँ प्रेम […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter