समाचार

‘युएसएआइडी’ले स्रोत बेहोर्ने चार परियोजनाको काम रोक्न अर्थको निर्देशन

काठमाडौँ, माघ १४ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै युएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो । “युएसएआइडी र नेपाल सरकारबिच २०२२ […]


‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’

काठमाडौँ, माघ १४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभएको छ । आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबिच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढेअनुरूप निर्यात बढ्न नसकेको बताउनुभएको हो । त्यसका […]


पूर्व गृहमन्त्री लामिछानेलाई करोड धरौटीमा छाड्न आदेश

लक्ष्मण पौडेल / भैरहवा, माघ १३ गते। सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालतमा एकसाता चलेको बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा लामिछानेमाथि सहकारी […]


गाउँमा आयातीत पेय पदार्थ प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

राजकुमार भट्टराई / खोटाङ, माघ १३ गते। खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ। स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ […]


गैँडाको संरक्षणमा हातेमालो गरौँ : वनमन्त्री शाही

चितवन, माघ १२ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैंडाको संरक्षणमा सबैले हातेमालो गर्नु आवश्यक देखिएको बताउनु भएको छ । शानिबार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको निरिक्षण र राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा वनमन्त्री शाहीले विश्वका मुलुकबाट पर्यटकहरु गैंडा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज सौराहा आउने गरेको हुँदा गैंडा संरक्षण सबैले […]


‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’

मोरङ, माघ १२ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको […]


फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने राप्रपाको प्रस्ताव, राणालाई पुरानै जिम्मेवारी दिने आश्वासन

काठमाडौँ, माघ ११ गते । राप्रपाले आगामी फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेको छ । आन्दोलन परिचालन समितिका संयोजक तथा महामन्त्री डा‍. धवलशमशेर राणाले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र पुनर्स्थापनासहितको पार्टीको एजेण्डा स्थापित गर्न फागुनबाट काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेका हुन् । उनले बैठकमा फरक राजनीतिक विचार समेत प्रस्तुत गरेको […]


बाँके राष्ट्रिय निकुञ्जमा मृत पाटेबाघ भेटियो

गजेन्द्र गुरुङ / खजुरा, माघ ११ गते। बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो। बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले निकुञ्जको टोली गस्तीमा जाने क्रममा उक्त स्थानमा मृत अवस्थामा पाटेबाघ भेटिएको जानकारी दिनुभयो। “हाम्रो […]


वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने

काठमाडौं, माघ १० गते । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो । उहाँले वैदेशिक रोजगारीको व्यवस्थापनका लागि सरकार लागि परेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने क्रम बढिरहेको […]


नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद

काठमाडौं, माघ १० गते । विशेष अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको सम्बन्धी एउटा मुद्दामा सम्बन्धित कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले बीपी मेमोरियल क्यान्सर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter