समाचार

उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ : गृहमन्त्री लेखक

काठमाडौँ, कात्तिक ३० गते । गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपनिर्वाचनका लागि सरकारले सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकेको स्पष्ट पार्नुभयो । गृहमन्त्री लेखकले निर्वाचन नजिकिएको समयमा स्थानीय तहको प्रमुख कार्यकारी सरुवा गरिएका विषयमा आफूले समान्य प्रशासनमन्त्रीसँग […]


जलवायु परिवर्तनको असरप्रति विकसित देशलाई गम्भीर बनाउन महासचिव गुटेरेसलाई राष्ट्रपति पौडेलको आग्रह

बाकु, कात्तिक २८ गते। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ। उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ। सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप–२९ को सम्मेलन अन्तर्गत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका […]


१६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौं, कात्तिक २८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गर्नुभएको छ । मङ्गलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ । […]


निर्वाचन आयोग र सरकारी सञ्चारमाध्यमबिच उपनिर्वाचनबारे छलफल

काठमाडौँ, कात्तिक २७ गते । निर्वाचन आयोग र सरकारी सञ्चार माध्यमहरूबिच स्थानीय तह उपनिर्वाचन, २०८१ स्वच्छ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने बारे छलफल भएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्गलबार सबै आमसञ्चार प्रतिष्ठान तथा सार्वजनिक सञ्चार माध्यमहरूबिच भएको छलफलमा मङ्सिर १६ गते हुने उपनिर्वाचनसम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीको प्रभावकारी सम्प्रेषण […]


६४ सौर्य ऊर्जा परियोजना छनोट

काठमाडौँ, कात्तिक २६ गते । ऊर्जा मिश्रणको अवधारणालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले ६४ वटा ऊर्जा कम्पनी छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरेको जनाएको छ । ऊर्जा मिश्रण अवधारणा कार्यान्वयन गर्ने र हिउँदको ऊर्जा माग सम्बोधन गर्ने लक्ष्यका साथ सौर्य परियोजनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न मार्ग […]


विदेशबाट फर्केर पशुपालनमा दाजुभाइ

ठाकुरप्रसाद आचार्य / कात्तिक २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ । चार वर्षअघि दुबईबाट दाजु कृष्ण र भाइ शिव कतारबाट घर फर्किएर पशुपालन थाल्नुभएको हो । चार भैँसीबाट सुरु गरेको पशुपालनमा खड्का दाजुभाइको लगानी अहिले एक करोड रुपियाँभन्दा माथि […]


लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, भोलि १२ बजेभित्र उद्योगमा काटिएको विद्युत् जोडिने

काठमाडौँ, कात्तिक २५ गते । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ । त्यस्तै भोलि (सोमबार) […]


तरकारी खेतीबाट राम्रो आम्दानी

पाल्पा, कात्तिक २२ गते। रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आउनुभएको हो। करिब १२ रोपनी क्षेत्रफलमा गर्नुभएको तरकारी खेतीबाट उहाँले वार्षिक सात लाख आम्दानी गर्दै आउनुभएको छ। आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सक्नुभएको थिएन। सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका […]


सडक बालबालिकामुक्त बनाउने अभियान तीव्र

काठमाडौँ , कात्तिक २२ गते। सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका तथा […]


मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्दैन : परराष्ट्रमन्त्री राणा

काठमाडौं, कात्तिक २१ गते । परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनु भएको छ । मन्त्रालयमा बुधबार एनआरएनका अभियन्ताहरुसँगको छलफलमा मन्त्री राणाले भन्नुभयो्, ‘‘तपाईहरू मिल्नुस्। कानुनबमोजिम अगाडि बढ्नुहोस्। मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ।’’ मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter