समाचार

रोमानिया जाने श्रमिकलाई नेपालबाटै भिसा उपलब्ध गराउन श्रम मन्त्रालयको आग्रह

काठमाडौँ जेठ १ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जानेलाई नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको छ । भिसाका लागि भारत जानुपर्ने बाध्यता रहेको भन्दै श्रम मन्त्रालयले नेपालबाटै भिसा उपलब्ध गराइदिन अनुरोध गरेको हो । मन्त्री डोल प्रसाद अर्यालले नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेनेसँगको भेटको क्रममा उक्त कुरा राखेका […]


सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन

झापा, जेठ १ गते । झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । वि.सं.२०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघन डुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले भण्डारणमा रहेको रक्तचन्दनलाई […]


राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने; नीति तथा कार्यक्रमको तयारीबारे प्रमुख दलका नेतासँग सभामुखको छलफल

काठमाडौँ, वैशाख ३१ गते । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेस हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरूप […]


बाख्रापालनबाट मनग्गे आम्दानी

सिराज खान / नेपालगन्ज, वैशाख ३१ गते । इच्छाशक्ति र केही गरेर देखाउने सोच भए गाउँघरमै बसेर राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ, बाँकेको राप्ती सोनारी गाउँपालिका–७ की सीता दमाईंले । उहाँले घरमै बाख्रापालन गरेर अहिले वार्षिक तीन लाख रुपियाँ चोखो आम्दानी गरिरहनुभएको छ । राप्ती सोनारी गाउँपालिका–७, निबुवाटार बस्ने दमाईंले दुई […]


इन्टरनेट प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो : सर्वोच्चको फैसलाले राज्यकोषको अर्बौँ बच्यो

काडमाडौं, वैशाख ३० गते। वर्ल्डलिंक कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ। यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठ वटा रिट खारेज भएका छन्। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको […]


सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्ष विहीन; कांग्रेसप्रति ‘नेगेटिभ’ छैन : प्रधानमन्त्री

काठमाडौं, वैशाख ३० गते। संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष सकिएको छ। आइतबार अपराह्न सिंहदरबारमा बोलाइएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतकको बैठकमा पनि कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याएपछि बैठक बिना निष्कर्ष सकिएको हो। […]


देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल

काठमाडौँ, वैशा २९ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरूको सामाना गर्नुपरेको उल्लेख गर्नुहुँदै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन […]


विकासमा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, वैशाख २९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री महासेठले राजनीति पाँच वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय […]


ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्रीको चुनौती

काठमाडौं, वैशाख २८ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न चुनौती दिनुभएको हो। उहाँले गगन थापाले भनेजस्तै प्रमाण […]


सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ, वैशाख २८ गते । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter