समाचार

एउटै परिवारका तीन दृष्टिविहीन पढाइमा अब्बल

फलेवास (पर्वत), २२ असोज । जन्मेदेखि नै दृष्टिविहीन भएका पर्वतको लुंखुदेउराली– ५ का एउटै परिवारका तीन सदस्य विद्यालयमा नै अब्बल विद्यार्थी बन्न सफल भएका छन् । गाउँमा रहँदा गालीगलौज र अपशब्द व्यहोर्न बाध्य भएपछि दृष्टिविहीन बालबालिका अहिले शालिजा उच्च माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा अब्बल विद्यार्थी बन्न सफल भएका हुन् । लुंखुदेउराली– ५ का […]


स्याउ निर्यातबाट रु सवा दश करोड आम्दानी

जुम्ला, २० असोज । जुम्लाले चालु आर्थिक वर्षमा स्याउ निर्यातबाट झन्डै रु सवा १० करोड रुपैयाँ आम्दानी गरेको छ । कूल २९ सय हेक्टर जमीनमध्य ७५० हेक्टरमा उत्पादित चार हजार १२५ मेट्रिकटन स्याउमा दुई हजार नौ सय मेट्रिकटन निर्यात गरिएको थियो । जसबाट जुम्लाले रु १० करोड १५ लाख आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालयका […]


अब सम्पूर्ण सुविधासहित पोखरा–काठमाडौं आरामदायी यातायात सेवा

पोखरा, असोज १९ गते । यातायात क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा पोखराका यातायात व्यवसायीले यात्रुलाई मध्यनजर गरी सम्पूर्ण सुविधासहित आरामदायी स्तरीय बस सेवा सञ्चालन गर्न थालेका छन् । पोखरा काठमाडौंका लागि स्तरीय पर्यटन बस, मिनिबस, माइक्रोबसको सुविधा उपलब्ध भैरहेको अवस्थामा त्यसलाई अझै व्यवस्थित बनाउँदै जगदम्बा ट्राभल्सले एसीसहित यात्रुलाई खाना, खाजा, चिया, चिसो तथा शौचालयको सुविधा सम्पन्न […]


द्रुतमार्गको नामलाई संशोधन गरी नेपालले नै बनाउन अर्थ समितिको निर्देशन

  (रमेश लम्साल)  काठमाडौँ, १७ असोज । व्यवस्थापिका–संसद्को अर्थ समिति मातहतको उपसमितिले काठमाडौँ–तराई मधेस द्रुतमार्गको नामलाई संशोधन गरी काठमाडौँ–निजगढ द्रुतमार्ग आयोजना उल्लेख गर्न सुझाव दिएको छ । अर्थ समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनले आयोजनाको नाम वस्तुपरक रुपमा स्पष्ट हुने भएकाले नाम परिवर्तन गर्न सुझाव दिएको हो । राष्ट्रिय गौरवको आयोजनालाई बृहद् राष्ट्रिय हितलाई मध्यनजर गर्दै […]


सौराहामा संविधान घोषणापछि पर्यटकहरूको चहलपहल सुरु

चितवन : वैशाख १२ को भूकम्पका कारण सुस्ताएको सौराहामा संविधान घोषणापछि चहलपहल बढेको छ । देशको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको चितवनस्थित सौराहामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ । संविधान जारी भएपछि सौराहाका व्यवसायी अझ उत्साही भएका छन् । भूकम्पले सौराहामा भौतिक क्षति नगरेको भएपनि पर्यटकीय हिसाबले ठूलो धक्का लागेको थियो । सौराहामा प्रत्यक्ष […]


कोदारी राजमार्ग सञ्चालनमा, केही दिनभित्रै दुबै देशबीचको भन्सार नाका खुल्ने

(नारायण न्यौपाने) काठमाडौँ, १६ असोज । सडक विभाग र स्थानीय प्रशासनको भगिरथ प्रयासपछि गत वैशाख महिनादेखि बन्द रहेको कोदारी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीका अनुसार उक्त राजमार्गमा शुक्रबार साँझदेखि साना सवारीसाधन सञ्चालनमा आइसकेका छन् । आइतबारदेखि सो राजमार्गमा ठूला सवारीसाधन दोहोरो रुपमा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । […]


च्याउका लागि झापा आत्मनिर्भर

  सुरुङ्गा (झापा) १२ असोज । झापा जिल्ला च्याउ खेतीका लागि आत्मनिर्भर भएको छ । सरकारले युवालाई स्वरोजगार बनाउन सञ्चालन गरेको युवा लक्ष्यित कार्यक्रममार्फत ८० जना कृषकलाई जिल्ला कृषि विकास कार्यालयले तालिमसँगै नगद रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेसँगै झापा च्याउका लागि आत्मनिर्भर बनेको हो […]


मुलुकको ऊर्जा सङ्कटको समाधान ः साना र मझौला जलविद्युत् आयोजना

(रमेश लम्साल) काठमाडौँ, १२ असोज । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न साना तथा मझौला जलविद्युत् आयोजनाको विकास र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपालमा सानाठूला धेरै खोला रहेकाले त्यसलाई व्यवस्थित गरेर जलविद्युत् आयोजना सञ्चालन गर्दा मुलुकमा जारी बेरोजगारीको अन्त्य गर्न सकिने र आर्थिक उपार्जनको मार्गसमेत प्रशस्त हुने भएकाले त्यसलाई विशेष ध्यान दिनुपर्ने देखिएको […]


‘एक महिनाभित्र सहमतीय सरकार’

सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको आज शिलान्यास गर्दै उहाँले अब बन्ने नयाँ सरकार बहुमतीय प्रक्रियाबाट नबन्ने निश्चित भएको जिकिर समेत गर्नुभयो । नेता सिटौलाले जारी संविधानमा चित्त नबुझाएका दलले सङ्घीयता, सीमाङ्कन, […]


बन्द विमानस्थललाई तीन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

चितवनको मेघौली विमान स्थल फेरि सञ्चालनमा ल्याउनका लागि पहल सुरु भएको छ । बन्द विमानस्थललाई तीन महिना भित्र सञ्चालनमा ल्याउने तयारी लागेको जिल्लाका सरोकारवालाले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि लक्षित गरी सञ्चालनमा ल्याइएको मेघौली विमानस्थल सशस्त्र द्वन्द्वको समयमा बन्द भएको थियो । विक्रम सम्वत २०१७ सालमा निर्माणकार्य सुरुगरी केही वर्षपछि […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter