समाचार

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : अध्यक्ष लिङ्देन

काठमाडौँ , कार्तिक ०९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । बिहीबार अमेरिका भ्रमण जानु पूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। लिङ्देनले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउन नसकेको बताए । […]


गुल्मीमा किबी खेती बिस्तार हुँदै

गुल्मी, कार्तिक ०९ गते । गुल्मी जिल्लामा किबी खेती विस्तार हुँदै गएको छ । व्यवसायिक खेतीको नयाँ विकल्पको रुपमा यहाँका किसानले किबी खेतीलाई रोज्न थालेका छन् । जिल्लाको भार्से गाउँमा यसअघि नै किबी खेती हुने गर्थ्यो । तर, पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किबी खेती हुन थालेको छ । कालीगण्डकी, चन्द्रकोट, सत्यवत, मुसिकोट, रेसुङ्गा […]


उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता; प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौं, कार्तिक ०८ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११:३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन लगत्तै हृदयाघात भएपछि आकस्मिक […]


पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेकी गौरीकलीको ६९ वर्षको उमेरमा मृत्यु

बारा, कार्तिक ०८ गते । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत अम्लेखगञ्ज हात्तीसारमा रहेको गौरीकली नामक हात्तीको ६९ वर्षको उमेरमा निधन भएको छ । यमगज नामक जंगली हात्तीले हात्तीसारका अन्य जवान हात्तीलाई दुख दिन थालेपछि गौरीकला करिब १ वर्षदेखि हात्तीसारमा एक्लै बस्दै आएकी थिइन् । पर्सा निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतले गौरीकली घटस्थापनाको दिनदेखि अशक्त भई […]


शुभ साइतमा घरघरमा लगाइयो दसैंको टीका; पूर्वराजा र राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई टीका

काठमाडौं , कात्तिक ७ गते । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ। अहिले बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा घरघरमा आफन्तजनको हातबाट टीकाजमरा लगाइएको हो। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटको साइत […]


३ महिनादेखि लाइसेन्स छपाइ बन्द, छाप्न बाँकी मात्रै १२ लाख नाघ्यो

काठमाडौं , कात्तिक ७ गते । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइ सुरु नभएपछि छाप्न बाँकी लाइसेन्सको संख्या पनि बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै १२ लाख नाघेको छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा […]


टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

काठमाडौँ , कार्तिक ०६ गते । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म […]


उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ , कार्तिक ०६ गते । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज भएका छन् । ५ दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज भएका हुन् । तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुगेका छातीमा दुखाइ भएपछि श्रेष्ठ उपचारका लागि अस्पतालको […]


धादिङ केन्द्रविन्दू भएर लगातार दुई परकम्प

काठमाडौँ , कार्तिक ०५ गते । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आइतबार साँझ लगातार दुई परकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार ५ बजेर ३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५ बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार […]


बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै

कास्की, कार्तिक ०५ गते । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो । यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो । ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन् । उहाँहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याउनुभएको थियो भने, कसैले आफँैले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter