एक्सक्लुसिभ समाचार

‘अब नेपालमै उत्पादन हुने भो’ सर्पदंशको औषधि

काठमाडौँ, कात्तिक २० गते । नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ । निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन […]


दलका घोषणापत्र महत्वाकांक्षी

भीष्मराज ओझा / काठमाडौँ, कात्तिक १९ गते । निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता दिएका छन् । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी १० […]


पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी

काठमाडौँ, कात्तिक १८ गते । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ । पुनःनिर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई […]


किसानलाई गाउँ फर्काउन कृषि–वन नीति

काठमाडौँ, कात्तिक १७ गते । कृषि विकास मन्त्रालयले बाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि–वन नीति ल्याउने भएको छ । शहरमा खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण भएका स–साना टुक्रा जमिन खरिद गरी शहरमा रम्न चाहने गाउँबेँसी गर्ने ग्रामीण किसानलाई गाउँ फर्काउने उद्देश्यले कृषि–वन नीति ल्याउन लागिएको बताइन्छ । विश्वमा कृषि–वन नीति तयार गर्ने पहिलो राष्ट्र भारत हो । […]


४५ जिल्लामा उत्साहपूर्ण मनोनयन दर्ता

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि आज ४५ जिल्ललामा मनोनयन दर्ता हुँदैछ। मंसिर २१ मा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहेको छ। यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन्। जसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ […]


प्रदेश नं ७ मा चालु आवमा स्वास्थ्यका ३१ नयाँ भवन बन्दै; जिल्ला अस्पताल, खोटाङमा दन्त सेवा शुरु

बैतडी, कात्तिक १५ गते । बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने […]


रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”

भीमदत्तनगर,, कात्तिक १४ गते । मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदुरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिनुभयो । सीमावर्ती भारतीय बजार वनबासासम्मको पैदल यात्रापछि बस चढ्ने भन्दै गड्डाचौकी नाका भएर भारतको गड्वाल रोजगारीका लागि गइरहेका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ का […]


युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याजमा ऋण

तेह्रथुम, कात्तिक १३ गते । जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति रु ५० हजारका दरले तीन समूहका ३० जना युवालाई रु १५ लाख बिना धितो ऋण प्रदान गरेको हो । समितिले १६ […]


वैदेशिक रोजगारीमा जान चाहने १० हजार युवालाई तालीम दिइने

काठमाडौँ, कात्तिक १२ गते । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत सुरक्षित आप्रवास परियोजना(सामी)को आर्थिक सहयोगमा ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम’ सञ्चालन गर्न […]


साफेबगर विमानस्थल निर्माण शुरु

अछाम, कात्तिक ११ गते । साफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । विसं २०५८ देखि अवरुद्ध साफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो । रु १२ करोडको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter