एक्सक्लुसिभ समाचार

जग उठाएका भूकम्प पीडितले तेस्रो किस्ता पाउने

काठमाडौँ, असोज २३ गते । भूकम्पपछि पुनः निर्माण गरेर दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका÷नगरपालिकाको सिफारिशमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने शर्तमा तेस्रो किस्ता आवास अनुदान पाउने व्यवस्था भएको राष्टिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो […]


नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठक सम्पन्न

काठमाडौँ, असोज २२ गते । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म यहाँ भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा सौहार्द रुपमा छलफल भएको नेपाली समूहका संयोजक […]


जमरा सेलाएलगत्तै चुनावी सरगर्मी बढ्यो

पोखरा, असोज २१ गते । नेपालीका घरघरमा दशैँ सकिएर जमरा सेलाइएलगत्तै आसन्न संघ र प्रदेशको निर्वाचनले राजनीतिक सरगर्मी ह्वात्तै बढाएको छ । निर्वाचन नजिकिँदै गर्दा भएको वामपन्थी र लोकतान्त्रिक ध्रुवीकरण यतिखेर चोक र चिया पसलमा चर्चाको विषय बनेको छ नै । आसन्न निर्वाचनमा दल कसकसलाई उम्मेदवार बनाउँछन् भन्ने विषयमा पनि बहस चल्न थालेको छ । […]


दशैँमा घर गएर उपत्यका भित्रिने यात्रुको संख्यामा वृद्धि

काठमाडौँ, असोज २० गते । यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको संख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार असोज १४ गते विजयादशमीदेखि असोज १९ गते कोजाग्रत पूर्णीमासम्म चार लाख १२ हजार ६८८ यात्रु काठमाडौँ भित्रिसकेका छन् । विजयादशमीमा ३९ हजार ७९८, एकादशी ४९ हजार १०, द्वादशी ६७ हजार ७२५, त्रयोदशी ७६ हजार […]


बैतडीमा जनता आवास कार्यक्रम विस्तार हुने

बैतडी, असोज १९ गते । बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ । साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो । यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको […]


मतदाता १ करोड ५४ लाख; मतपत्र छपाइ कार्य सुरु

काठमाडौँ, असोज १८ गते । आगामी मङ्सिर १० र २१ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सात प्रदेशका ७७ जिल्लाका १ करोड ५४ लाख २७ हजार ७३१ मतदाताले मतदानको अधिकार प्राप्त गरेका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले सातै प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता सङ्ख्या स्वीकृत […]


एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर; देश बनाउँन र देश बचाउँन वाम एकता आवश्यक भएकाे हाे – ओली

काठमाडौं– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी आगामी निर्वाचनका तालमेल गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यकर्ताले खचाखच भरिएको हलमा तीन पार्टीका अध्यक्ष हस्ताक्षर गरेका छन् । उक्त ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् […]


भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, असोज १६ गते । प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो । राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले आज दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा […]


ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न आह्वान; ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता’

काठमाडौँ, असोज १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप […]


सेवा क्षेत्रमा काम गर्नेहरुको दशैँ

नारायण अधिकारी / चितवन, असोज १३ गते । चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाउनुभयो । पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग मनाउने अवसर मिल्यो । थापाका अनुसार तीन वर्षको दशैँका बेला मिसनमा पाउने २५ दिनको बिदा मिलाएर उहाँ […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter