एक्सक्लुसिभ समाचार

घरबासका लागि मुआब्जा होइन, जग्गा देउः आरक्ष विस्थापित

भीमदत्तनगर, ८ मङ्सिर । कञ्चनपुरस्थित शुक्लाफाँट वन्यजन्तु आरक्षबाट विस्थापित भएका स्थानीयवासीले मुआब्जा दिएर समस्या समाधान गर्नुभन्दा घरबासका लागि जग्गा नै उपलब्ध गराइदिन हुन माग गरेका छन् । आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित बनेकालाई ‘शुक्लाफाँट वन्यजन्तु आरक्ष जग्गा अतिक्रमण र मुआब्जा गराउने सम्बन्धी कार्यदल’ ले विस्थापितलाई एक कठ्ठादेखि पाँच कठ्ठा जग्गा वा रु पाँच लाखसम्म […]


‘बौद्ध महाचैत्यको पुनःनिर्माण प्रेरणादायी’

काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनु भूकम्प प्रभावित अन्य क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणादायी भएको बताउनुभएको छ । महाचैत्यको जीर्णाेद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले यस कार्यले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश देशभरि गएको छ […]


गन्धर्वलाई मितले बनाइदिए घर

प्रशन्न पोखरेल / घ्याम्पेशाल (गोरखा), मङ्सिर, ७ मङ्सिर । गाउँघरतिर अनुहार मिल्ने अर्को व्यक्तिसँग मित बोल्ने गरिन्छ । मित लगाएपछि एकले अर्कोको घरमा आउजाउ गर्ने प्रचलन रहन्छ । मितले चाहे भने मितलाई दुःख परेका बेला कतिसम्म सहयोग गर्न सक्छन् भन्ने उदाहरण गोरखाको मसेलस्थित घ्याम्पेशालमा भेटिन्छ । भूकम्पले मितको घर क्षति भएको थाहा पाएका अमेरिकाका ब्यान्डेनले […]


जलविद्युत्मा नागरिक लगानीको ढोका खुल्यो, उत्पादन कम्पनी दर्ता

रमेश लम्साल / काठमाडौँ, ६ मङ्सिर । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनी […]


द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने

काठमाडौँ, ५ मङ्सिर । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेको काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने भएको छ । व्यवस्थापिका–संसद्, विकास र अर्थ समितिको आजको वैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री रमेश लेखकले स्वदेशी लगानीमा द्रुत मार्ग निर्माणलाई छिटो र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “राष्ट्रिय गौरवको बहुआयामिक महत्वको […]


ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

म्याग्दी, ५ मङ्सिर । परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा […]


शान्ति सम्झौताको एक दशक : दिगो शान्ति र विकासको यात्रा

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, ४ मङ्सिर । सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको एक दशक पूरा भए पनि जनअपेक्षाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको ढोका भने अझै खुल्न बाँकी रहेको छ । उक्त सम्झौताको एक दशकको मुख्य उपलब्धिका रुपमा नेपाली जनताले संविधानसभाबाट संविधान प्राप्त गर्ने सात दशक लामो चाहना पूरा […]


सन्दर्भ विश्व चर्पी दिवसः सरकारी निकाय र सार्वजनिक शौचालय दुरवस्थामा

भक्तपुर, ४ मङ्सिर । आज ‘विश्व चर्पी दिवस’ । विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पु¥याउने लक्ष्य लिइएको छ […]


सीमा क्षेत्र विकास कार्यक्रम तराईका बीस जिल्लामा विस्तार

काठमाडौँ, ३ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसँग सीमा जोडिएका आठ जिल्लामा सञ्चालन हुँदै आएको सीमा क्षेत्र विकास कार्यक्रम २० जिल्लामा विस्तार गरेको छ । आव २०७२÷०७३ देखि सुरु भएको सो कार्यक्रम चालु आवदेखि तराईका २० जिल्लामा विस्तार गरिएको हो । मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछाडि परेका दक्षिणी सीमावर्ती भू–भागसँग जोडिएका […]


माछा पालेर भाइ र छोरालाई चिकित्सक बनाए

राजाराम कार्की / सप्तरी, २ मङ्सिर । सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी दिनुभयो र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाउनुभयो । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter