एक्सक्लुसिभ समाचार

सुधारिएको इँटा भट्टातर्फ आकर्षण बढ्दो (आलेख)

कृष्ण अधिकारी / भक्तपुर, २१ मङ्सिर । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि यहाँका इँटा उद्योगीहरू उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आउनुभएका […]


लोकसेवामा पुरुषभन्दा महिलाको आवेदन बढी

काठमाडौँ, २१ मङ्सिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराउनुभयो । गत आव २०७२÷०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने […]


सङ्क्रमित आमा स्वस्थ शिशु जन्माउँदै

चितवन, २० मङ्सिर । उच्च सतर्कता अपनाई नियमित औषधि सेवनसँगै एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका अधिकांश बच्चा स्वस्थ छन् । एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गरी सतर्कता अपनाउन सकेमा स्वस्थ बच्चा जन्माउन सकिने देखिएको छ । एएचएफ नेपालको सहयोगमा भरतपुर अस्पतालद्वारा सञ्चालित एआरटी सेन्टरमा सन् २०१० यता एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका सबै बच्चा स्वस्थ देखिएका हुन् […]


गुम्यो हात, गुमेन हिम्मत !

कमल खत्री / म्याग्दी, १९ मङ्सिर । सङ्घर्षले मानिसलाई सफल मात्रै होइन सक्षम पनि बनाउँछ । परिश्रम र सङ्घर्षले जीवनमा कतिपय नसोचिएका र आशा मारिएका कुराहरु पनि सम्भव तुल्याइदिँदा रहेछन् । यो कुरा दुबै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीको जीवनसँग ठ्याक्क मेल खान्छ । जिल्लाको बावियाँचौर–६ सल्यान गाउँका २८ वर्षीय युवक सुरेन्द्र खत्रीका दुबै हात […]


विवाह पञ्चमी आज; आपसी मेलमिलाप र सद्भाव बढाउन उत्सव सहयोगी : राष्ट्रपति

काठमाडौँ, १८ मङ्सिर । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो । जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका […]


अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत दुर्गा

राजेन्द्र पनेरु / कञ्चनपुर, १८ मङ्सिर । मनमा काम गर्ने अढोट र साहस भए जस्तोसुकै कार्यलाई पनि सहज ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने भनाइलाई कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–२ लक्ष्मीपुरकी दुर्गा चौधरीले चरितार्थ गरेर देखाएको छ । डेढ वर्षको उमेर छँदा पक्षपातका कारण कम्मरमुनिको भाग नचल्ने दुर्गाले घरमै बसीबसी रु १५ हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको […]


अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस; अपाङ्गता भएकालाई आत्मनिर्भर तुल्याऔँ : राष्ट्रपति

सुशील दर्नाल / काठमाडौँ, १७ मङ्सिर । ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष, सुनिश्चित गरौँ हामिले चाहेको भविश्य’ भन्ने मूलनाराका साथ अपाङ्गता भएका व्यक्तिको २५ औँ अन्तर्राष्ट्रिय दिवस शनिबार मनाइँदै छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना तथा सञ्चार र स्वास्थ्य तथा सरसफाइ जस्ता न्यूनतम आधारभूत अधिकारमा अपाङ्गता भएका व्यक्तिको पहुँच निकै कम रहेका छन् । […]


प्राधिकरण सञ्चालकलाई ऊर्जाको स्पष्टीकरण; विद्युत् बढी खपत गर्ने उपकरण नचलाउन आग्रह

काठमाडौँ, १७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यले पदीय मर्यादा विपरीत गतिविधि गरेको भन्दै ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको छ । प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गरेको तथा विद्युत्भार कटौती अन्त्य गर्ने काममा समेत लगातार अवरोध गरेको पाइएपछि सञ्चालक समितिका सदस्यहरु मनोजकुमार मिश्रा, लक्ष्मणकुमार अग्रवाल र सुरज लामिछानेलाई मन्त्रालयले स्पष्टीकरण सोधेको हो । प्राधिकरणको बोर्ड […]


‘हात्ती छिरे पुच्छर अड्किए’ झै मुलपानी क्रिकेट मैदानको हालत (आलेख)

दीपेन्द्र सापकोटा / काठमाडौँ, १६ मङ्सिर । हुन त अहिले नेपालमा फुटबलको माहोल छ । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको छ । यसर्थ अहिले बजारमा फुटबलको चर्चा छ । नेपालमा फुटबल सबैभन्दा लोकप्रिय खेल पनि हो । फुटबलको चर्चा हुँदै गर्दा अर्को लोकप्रिय खेल क्रिकेटको चर्चा अहिले कम […]


संविधान संशोधन प्रस्तावसँगै तातेको राजनीति; एमालेले संसद् बैठक अवरुद्ध गर्ने; संयुक्त मधेसी मोर्चालाई संशोधन विधेयक अमान्य

प्रकाश सिलवाल / काठमाडौँ, १५ मङ्सिर । व्यवस्थापिका–संसद्मा संविधान संशोधनको विधेयक दर्तासँगै राजनीतिक क्षेत्र एकाएक तातेको छ । संविधान जारी भएको डेढ वर्षमा तराई–मधेस केन्द्रित दलको आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकारले अघि सारेको सो प्रस्तावले आन्दोलनरत पक्ष सन्तुष्ट होलान् या नहोलान् ? प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संशोधनलाई गर्ने विरोधले कुनरुप लेला ? यस्ता […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter