एक्सक्लुसिभ समाचार

चेपाङ बालबालिका पढाउन ‘साथीका लागि साथी’

नारायण ढुंगाना / चितवन, १५ मङ्सिर । चितवनको विकट गाविस लोथरमा चेपाङ बालबालिका पढाउन ‘साथीका लागि साथी’ कार्यक्रम चलाइएको छ । लोथर गाविसको पनि विकट गाउँ कान्दास्थित कुमार बलराम स्मृति छात्रबासमा बसेर पढ्न थालेका चेपाङ तथा विपन्न वालबालिकाको शिक्षाका लागि उक्त कार्यक्रम सुरु गरिएको हो । लक्ष्मी प्रतिष्ठानले स्थापना गरेको छात्राबासमा बसेका बालबालिकाको उच्च शिक्षासम्म […]


न्यायको खोजीमा छन् रोल्पाली महिला (आलेख)

कविता उपाध्याय / लिबाङ (रोल्पा), १४ मङ्सिर । लैङ्गिक विभेदकारी हिंसा अन्तका लागि देशव्यापी रुपमा अभियान चलिरहँदा पनि रोल्पाली महिला भने लैङ्गिक हिंसाबाट अछुतो रहन सकिरहेका छैनन् । एकातिर महिला हिंसा न्यूनीकरणका लागि महिला तथा बालबालिका कार्यालय रोल्पाले २६औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा दिवसका अवसरमा विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी १६ दिने अभियान सञ्चालन गरिरहेको छ […]


थाइल्यान्डमा व्यवसाय गरेर जम्दै छन् नेपाली

नारायण अधिकारी / नारायण ढुङ्गाना, थाइल्यान्ड, १३ मङ्सिर । बाइस वर्षअघि काठमाडौँबाट व्यवसाय गर्न थाइल्यान्ड आइपुग्नुभएका महेन्द्र श्रेष्ठ अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र पत्ताया सिटीमा घर जग्गाको कारोबारमा सक्रिय हुनुहुन्छ । उहाँ हस्तकला, पस्मिना तथा रेष्टुरेन्ट र होटल व्यवसायमा समेत संलग्न हुनुहुन्छ । सुरुमा पतञ्जन टापूमा पाँच वर्षसम्म हस्तकला र रेष्टुरेन्ट सञ्चालन गरेर व्यवसाय थाल्नुभएका श्रेष्ठले […]


फेवाताल संरक्षणमा प्रभावकारी बन्यो ‘पिइएस’ कार्यक्रम (आलेख)

भीष्मराज ओझा / कास्की, १२ मङ्सिर । प्राकृतिक विपद् र मानवीय क्रियाकलापका कारण पुरिँदै गएको पोखराको फेवातालको संरक्षण गर्न पछिल्लो समयमा सुरु गरिएको ‘वातावरणीय सेवा भुक्तानी’ (पिइएस) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेवातालको मुहान क्षेत्रको भू–संरक्षण गर्न तल्लो बजार क्षेत्र बैदाम र ड्यामसाइडका पर्यटन व्यवसायीले ताल पुरिने क्रम रोक्न आम्दानीको केही हिस्सा स्वतःस्फूर्त रूपमा […]


पेसा–व्यवसाय जातले भन्दा सीप र क्षमता भएकाले गर्नुपर्छ

गोपालप्रसाद पोखरेल / मोरङ, १२ मङ्सिर । सीप भए न जात न धर्म । स्वदेशमा गर्न सकिन्छ पेसा कर्म । पैसा कमाउन विदेशै जानुपर्छ भन्ने सोचलाई गलत सावित गर्दै उर्लाबारी–४ का हेमन सिंह (लिम्बू) २२ वर्षयता सिलाइ कटाइमा रमाइरहनुभएको छ । उहाँका धेरै समकालीन सङ्गीहरू लाहुर लागे । कोही वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, हङ्कङ पुगेका […]


योग गुरु रामदेवद्वारा छिन्नमस्ता भगवतीको पूजापाठ, बलि नचढाउन आग्रह

राजविराज, १० मङ्सिर । पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपीठमा योग गुरु स्वामी रामदेवले आज पूजापाठ गर्नुभएको छ । पूजापाठपश्चात मन्दिर परिसरमा स्वामी रामदेवले सप्तरीको छिन्नमस्ता भगवतीमा भइरहेको पशुबलिले समाज र मानव शरीरसमेतलाई हानी पु¥याइरहेको भन्दै शक्तिपीठमा पशुबलि नचढाउन आग्रह गर्नुभयो । साथै उहाँको आग्रहलाई त्यहाँ उपस्थिति ठूलो जनसागरले सहजरुपमा स्वीकार गरेका थिए । यस्तै सोही […]


हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर

हेमन्त केसी / जाजरकोट, ११ मङ्सिर । सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लाग्नुभयो । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको […]


नेपाली बजारमा भारतीय टायरको वर्चश्व, गोरखकाली रबर उद्योग ब्युँताउने प्रयास (आलेख)

हरि लामिछाने / काठमाडौँ, १० मङ्सिर । स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदा रहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ । सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने अन्य पार्टपुर्जा आयात गर्नुपर्ने बाध्यता पनि छँदैछ । नेपाल […]


रोजगारका लागि मलेसिया जाने नेपालीमाथिको ठगी रोक्न निर्देशन

काठमाडौँ, ९ मङ्सिर । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च अधिकारीसँगको छलफलपछि कामदार नेपालीसँग ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’, ‘वान स्टप सेन्टर’ लगायतका नाममा मलेसियास्थित विमानस्थल र मलेसियन कम्पनीको […]


पाटन विमानस्थल पुनः सञ्चालनको तयारी

विनोदसिंह बिष्ट / बैतडी, ९ मङ्सिर । सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । पाटन विमानस्थल बन्द भएको दुई दशकपछि सञ्चालन गर्नका लागि तयारी भएको हो । सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर रु १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई कालोपत्र गर्नका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपिआर) तयार […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter