
काठमाडौं, असार २४ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ। आर्थिक छलफल चौतारी नेपालले आइतबार काठमाडौं आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी […]

कबिराज घिमिरे / हिले, असार २३ गते। धनकुटा नगरपालिका वडा नम्बर ९ छिम्सुवाका किसान बद्री कार्कीलाई यो बेला आँप टिपेर बिक्री गर्न भ्याइनभ्याइ छ। उहाँले करिब ३० रोपनी क्षेत्रफलमा आँप खेती गर्नु भएको छ। ३० रोपनीमा उहाँका करिब २५० बोट आँप छन्। राम्रो उत्पादन र मूल्य भएको वर्ष करिब पाँच लाखसम्म आम्दानी दिन्छ। मूल्य कम […]

काठमाडौं, असार २२ गते। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा कार्ययोजना तयार पारी लागू गर्न लागिएको हो। उक्त […]

विष्णु पाण्डेय / काठमाडौं, असार २१ गते। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई-२०७९ को नतिजा बिहीबार प्रकाशित गरेको छ। प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत वर्षको एसईई नतिजा अनुसार यस वर्षको नतिजामा माथिल्लो जिपिए ल्याउनेको संख्या बढेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रण कार्यालयका अध्यक्ष महाश्रम शर्माका […]

काठमाडौं, असार १९ गते। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार […]

काठमाडौं, असार १८ गते। स्वास्थ्य सेवामा आजबाट २९५ जना प्राविधिक जनशक्ति थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई नियुक्तिपत्र बाँढेको छ। मन्त्रालयका अनुसार कुल २९५ मध्ये २४५ जना नर्सलाई वीर अस्पतालमा पदस्थापन गरिएको छ। बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका […]

कबिराज घिमिरे / हिले, असार १७ गते । धनकुटा नगरपालिका –४ छारा गाउँका घनश्याम बरालले तत्कालिन कुरुले गाबिसमा रहेको घर छाड्नुभएको ७ बर्ष पुग्यो । घर वरिपरि केही बोट आँप, लिची, अनारलगायतका फलफुल छन् । फलफुल फल्छ पाक्छ र झर्छ । खाइदिने कोही छैन । २०७३ सालमा कुरुले छाडेर आए यता कुरुले उहाँका लागि बिरानो […]

पोखरा, असार १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा राख्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घीयताको मर्म र यसको दीर्घकालीन महत्त्व हामीले बुझेनौँ […]

विष्णु पाण्डेय / काठमाडौं, असार १५ गते। मध्यअसार हुँदासम्म देशभर ११ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। असारलाई धान रोप्ने मुख्य महिनाका मानिए पनि हालसम्मको तथ्यांक सन्तोषजनक छैन। बिउ, सिंचाई र मनसुनका कारण गत वर्षको तुलनामा यस वर्ष आसर १५ सम्म धान रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ। […]

काठमाडौं, असार १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुहुँदै उहाँले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको […]