• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

भोलिदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क

काठमाडौं, असार १३ गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताउनुभएको छ। बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो। “कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार […]


सात क्षेत्रलाई औद्योगिकग्राम घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, असार १२ गते। सरकारले विभिन्न ६ वटा जिल्लाका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट, बाँके, पाल्पा, अर्घाखाँची पर्सा र बाराका सात स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विभिन्न जिल्लाका सात क्षेत्रलाई औद्योगिकग्राम […]


संशोधनविना बजेट पारित हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौं, असार ११ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधनविना संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । संसद् भवन परिसरमा सोमबार पत्रकारसँग संक्षेपमा कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । यो बजेट बजेट असार १३ गते पारित हुने उहाँको भनाइ छ । आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई […]


आमसञ्चार विधेयक छिटो संसदमा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, असार १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ। विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री […]


‘नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार’

सिर्जना खत्री / काठमाडौं, असार ८ गते। एक अध्ययनले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको देखाएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसंख्यक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखाएको हो। मन्त्रालयका स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले सर्वेक्षणले नेपालमा विगत २६ वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि भएको देखिएता पनि […]


नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

काठमाडौं, असार ७ गते । नागरिकता ऐन कार्यान्वयन हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता ऐन कार्यान्वयनका लागि बाटो खुलेको हो । सर्वोच्चको आदेशसँगै नागरिकतासम्बन्धी यो ऐन कार्यान्वयनमा आएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन […]


आर्थिक वृद्धिको धेरै महत्वाकाङ्क्षी लक्ष्य नराख्न विज्ञको सुझाव

काठमाडौं, असार ६ गते । राष्ट्रिय योजना आयोगलाई अर्थविद् तथा अन्य विज्ञहरूले आर्थिक वृद्धिको धेरै महत्वाकांक्षी लक्ष्य राख्न नहुने सुझाव दिएका छन् । उनीहरूले अहिलेको अवस्थामा बढीमा ७ वा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पर्याप्त हुने, सहकारी र बैंकमा ठूलो रकम रहेकाले पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउन पनि जोड दिएका छन् । साथै, राष्ट्रिय योजनालाई […]


समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद

काठमाडौं, असार ४ गते । सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । समाजवादी मोर्चा […]


सोमबार समाजवादी मोर्चा घोषणा हुने

काठमाडौँ, असार ३ गते । संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् । सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा […]


याङ्ग्री र लार्केको काम तदारुकताका साथ अघि बढाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

सपना थामी / सिन्धुपाल्चोक, असार २ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना अन्तर्गत याङ्ग्री र लार्केको दोस्रो फेजको काम तदारूपका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ। मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि शनिबार सिन्धुपाल्चोक पुगेर उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘मेलम्ची बहुचर्चित धेरै छलफल हुँदै आएको राष्ट्रिय गौरवको आयोजना […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter