• Sunday, June 01, 2025

समाचार

खाद्यन्न बोकेका ४० गाडी हुम्ला आउँदै

राजन रावत / हुम्ला, भदौं ३ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडौंबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाका लागि खाद्यन्न बोकेका गाडी आइतबार काठमाडौंबाट छुटेका छन् । जिल्लामा खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पठाएको हो । लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जिल्लामा खाद्यन्न समस्या देखिएका […]


अद्‍भूत व्यक्तित्वका धनी चिन्तक प्रदिप गिरी

काठमाडौं, भदौ २ गते। नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले राजनीतिक चिन्तक प्रदिप गिरी अद्भूत व्यक्तित्वका धनी भएको बताउनुभएको छ। प्रदिप गिरी स्मृति आयोजक समितिले शनिबार पशुपति क्षेत्रमा आयोजना गरेको लोक एवम् लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म यात्राको शुभारम्भ गर्दै नेता निधिले स्वतन्त्रता प्रेमी गिरी समानताका पक्षपाती भएको स्मरण गर्नुभयो। राजनीतिलाई सामाजिकीकरण गर्ने काम गिरीले […]


कृषि अनुसन्धानका लागि सहकार्य

काठमाडौँ, भदौ २ गते । कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई […]


देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, भदौ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताउनुभएको छ। मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । ‘‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो। कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ। नेपालको संविधानले […]


ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्य सेवा

रेखीराम राना / पाल्पा, भदौ १ गते । ज्येष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर स्वास्थ्य उपचार सुरु गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र ज्येष्ठनागरिकको घरमै पुगेर आवश्यक स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य संस्थासम्म पुगेर प्राथमिक सेवा लिन नसक्ने पालिकाभित्रका नागरिकको घरमै पुगेर उपचार गर्ने कार्य सुरु गरिएको गाउँपालिकाका […]


एन्टीमाइक्रोबियल औषधिको सेवन स्वास्थ्यकर्मीको निगरानीमा मात्र गर्न मन्त्रालयको आग्रह

काठमाडौं, साउन ३१ गते। सरकारले स्वास्थ्यकर्मीको निगरानीमा मात्र एन्टीमाइक्रोबियल औषधिको सेवन गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यस्तो आग्रह गर्नुभएको हो। पछिल्लो समय एन्टीमाइक्रोबिलयल औषधिको अत्यधिक प्रयोग तथा दुरुपयोगको कारणले गर्दा विश्वभरि नै एन्टीमाइक्रोबियल रेजिस्टेन्स बढ्दै गएकोले अधिकारीले यस्तो आग्रह सहप्रवक्ता अधिकारीले गर्नुभएको हो। स्वास्थ्यकर्मीले सिफारिस गरेको अवस्थामा […]


कफी उद्यमी निर्यात क्षमता बढाउँदै युरोपियन युनियन

कोकिला भण्डारी / विराटनगर, साउन ३१ गते । अन्तराष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यातका लागि अपनाउने प्रक्रियाबारे कोशी प्रदेशका किसान तथा व्यापारीहरूको लागि क्षमता विकास कार्यशाला आज बुधबारबाट विराटनगरमा सुरू भएको छ । स्थानीय साना तथा मझौला २१ जना कफी व्यवसायीहरू लक्षित गरी यो कार्यशाला आयोजना गरिएको हो […]


कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर, साउन ३० गते । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालले दिनुभयो । बैठकपछि पत्रकार सम्मेलन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो […]


तिलौराकोट आउने पर्यटक पुग्दैनन् सङ्ग्रहालय

नारद कोहार / तौलिहवा, साउन ३० गते । बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटमा वार्षिक एक लाखको हराहरीमा आए तर त्यही नजिकै रहेको कपिलवस्तु सङ्ग्रहालयमा न्यून मात्रामा गएको देखिएको छ । गत आर्थिक वर्ष तिलौराकोटमा स्वदेशी विदेशी गरी १ लाख ४ हजार १४६ जना पर्यटकहरू भ्रमण गरेको तथ्याङ्क छ । तर त्यसको २० […]


बरामद सुन ६० किलो सात सय ८९ ग्राम

काठमाडौँ, साउन २९ गते । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले राससलाई बताउनुभयो […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter