• Sunday, June 01, 2025

समाचार

खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी हो : मन्त्री किराती

खोटाङ, साउन २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताउनुभएको छ । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ को फाइनल अडिसन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताउनुभयो । किरातीहरुको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि […]


भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं, साउन २८ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयो । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने […]


नेपालगन्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

बाँके / साउन २८ गते । “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने रु” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्नुहुन्छ । उहाँले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ […]


पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

काठमाडौं, साउन २७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज (शनिबार) आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिनुभयो । सरकारले पर्यटनको विकास गरी सर्वसाधारण […]


युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

काठमाडौं, साउन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भिडियोमार्फत सम्बोधन गर्नुहुँदै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताउनुभयो । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं […]


फुटपाथ व्यापारमा रोकपछि ८९ प्रतिशत सडक व्यापारी ऋण लिएर गुजारा गर्दै : अध्ययन

काठमाडौँ, साउन २६ गते । अव्यवस्थित सडक (फुटपाथ) व्यापारमा काठमाडौँ महानगरपालिकाले कडाइ गरेसँगै यस्तो व्यवसाय गरिरहेका अधिकांश व्यक्तिको दैनिक जीवनयापनमा समस्या देखिएको एक अध्ययनले देखाएको छ । होप फर चेञ्ज नेपालसँगको सहकार्यमा सेन्टर फर इन्फर्मल इकोनोमी नामक संस्थाले गरेको अध्ययनअनुसार वैकल्पिक व्यवस्थापनको विकल्प बिनै महानगरले फुटपाथ व्यवसाय हटाउन थालेपछि अहिले पनि अधिकांश व्यापारी लुकेर अर्थात् […]


सय दिनमा स्वास्थ्यमन्त्री बस्नेतका १०७ काम

काठमाडौं, साउन २६ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एक सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक सय दिनमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। मन्त्री बस्नेतले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गर्दै सार्वजनिक गरेको प्रगति विवरणमा खरिद भएर प्रयोगमा नआएका उपकरणलाई […]


ढाकाको कपडाले बजार पाएन

रुकुम पश्चिम, साउन २५ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको […]


६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन निर्देशन

काठमाडौँ, साउन २५ गते । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको […]


द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का

काठमाडौं, साउन २४ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ । रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रुतमार्गलाई विशेष […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter