• Sunday, May 04, 2025

समाचार

नेत्रज्योती सङ्घ र डाक फाउन्डेसनबीच निःशुल्क शल्यक्रियाको सम्झौता

काठमाडौं, असार २४ गते। नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेशन बीचमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकर्डले हस्ताक्षर गर्नुभएको हो । सङ्घ र फाउन्डेशनबीचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरूप यो वर्षका लागि करिब […]


सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं, असार २३ गते। समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ। शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औंपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो। मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्र औपचारिक कार्यक्रम […]


बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउँछन् : अर्थमन्त्री महत

सीता शर्मा / काठमाडौँ, असार २३ गते । मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र एजेन्टले मनलाग्दी शुल्क लिँदै आएका छन् । सरकारले २०७२ सालमा तत्कालीन श्रममन्त्री टेकबहादुर […]


विद्यार्थीलाई परम्परागत धिमाल महिलाको गहना प्रदान

विष्णुप्रसाद पोखरेल / दमक, असार २२ गते । झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिकको रुपमा मान्यता दिएको धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ । स्थानीय धिमाल महिलाको समुहलाई लक्षितगरी लोप हुँदैगएका परम्परागत चाँदीका गरगहना विद्यार्थीलाई प्रदान गरेको हो । नगरपालिकाको जाम्बुझार ग्रामथानमा नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले उनीहरुलाई सो […]


देशभर २७ प्रतिशत रोपाइँ; मल अभाव छैन : कृषि सामग्री कम्पनी

काठमाडौं, असार २२ गते। मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो। प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र […]


ग्रिन अभियानअन्तर्गत विरुवा बितरण

कपिल ज्ञवाली / सिद्धार्थनगर, असार २१ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो । नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउने अभियान अन्तर्गत नगरपालिकाको कार्यालयले मंगलबारबाट नगरवासीलाई विरुवा वितरण थालेको जनाएको छ । ‘वर्षायाम सुरु भएपछि वृक्षारोपणका लागि हामीले फलफुलका […]


सामाजिक सञ्जालमा हुने विज्ञापनलाई कानुनको दायरामा ल्याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, असार २१ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालमा भइरहेको विज्ञापनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । त्यसका लागि आवश्यक नीति निर्माणमा पनि उहाँले जोड दिनुभएको छ । विज्ञापन बोर्ड नेपालले राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँग सञ्चार मन्त्रालयमा गरेको छलफलमा मन्त्री शर्माले सामाजिक सञ्जालमा जाने विज्ञापनले अर्थतन्त्रको ठूलो हिस्सा […]


फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरण जापान निर्यात सुरु

हेटौँडा, असार १९ गते । हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ । कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो । […]


सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, असार १९ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ । मङ्गलबार गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी १० दिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले सरसफाइ मानवीय जीवनको महत्त्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताउनुभयो […]


वर्षायाममा खाद्यान्न अभाव नहुने

काठमाडौं, असार १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter