• Sunday, June 01, 2025

समाचार

तीन वर्षपछि नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुने

काठमाडौं, वैशाख ४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट भएको हो । भेटमा अर्मिदाले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा हुने ग्राजुएसनका लागि राष्ट्रिय योजना आयोगको सहकार्यमा नेपालमा कार्यशाला गोष्ठी आयोजना गर्ने तथा […]


वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र […]


बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड

काठमाडौं, वैशाख ३ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)का अधिकारीसँगको छलफलमा यो विषय उठाउनुभएको हो। […]


दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति

काठमाडौं, वैशाख ३ गते। नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्। कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो। प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि […]


सरकारी विद्यालयमा बालबालिका पढाउन निर्देशन

प्रेमराज सिम्खडा / कालीकोट, बैशाख २ गते । कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ । चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी निकायमा कार्यरत सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशनसहितको सूचना जारी गरेको हो । गाउँ […]


एकीकृत घुम्ती शिविरबाट तीन हजार बढीलाई सेवा

रमेश विश्वकर्मा / गुल्मी, बैशाख २ गते । गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट तीन हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सो शिविरबाट तीन हजार ४७६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो । गाउँपालिकाको आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअनुसार घरदैलोमा नै जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यक्रम बमोजिम गत […]


हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं, चैत ३० गते। नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ। सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले जैविक विविधता तथा पर्यावरण […]


ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

काठमाडौं, चैत ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’’ उहाँले वैदेशिक पुँजी तथा […]


कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ, चैत २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको […]


माग सम्बोधन नभए हरवा–चरवाले थप आन्दोलन गर्ने

लक्ष्मी चौधरी / जनकपुरधाम, चैत २९ गते । राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आवश्यक परे संघीय राजधानीमा गएर सशक्त आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ । जनकपुरधाममा बुधबार आयेजित पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter