• Sunday, June 01, 2025

समाचार

ढोरपाटन सिकार आरक्ष जहाँ पुग्छन् महँगा पर्यटक

नवीन शिशिर विक / बागलुङ, चैत्र १२ गते । नेपालको एक मात्रै सिकार पर्यटन सञ्चालन हुने क्षेत्र ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको अन्तिम सिकार पर्यटन सुरु भएको छ । सिकार खेल्नको लागि विदेशी पर्यटकहरू हेलिकप्टरमार्फत सिकार ब्लकमा पुगेका हुन् । यस वर्षको दोस्रो याममा १२ नाउर र नौ झारलको सिकार हुनेछन् । बोलपत्र प्रक्रियाबाट […]


संवैधानिक परिषद् विधेयकमा संशोधन पेस गर्न ७२ घण्टाको समय

काठमाडौं / चैत १२ गते। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो। विधेयक सदनमा […]


यी हुन् सबैभन्दा धेरै र कम जनसंख्या भएका पाँच जिल्ला

विष्णु पाण्डेय / काठमाडौ, चैत्र १० गते। शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौ रहेको छ। यस्तै कम जनसंख्या भएको जिल्ला मनाङ हो। शुक्रबार सार्वजनिक २०७८ सालको जनगणनाको अन्तिम नतिजाअनुसार जिल्लागत रुपमा काठमाडौं जनसंख्या २० लाख ४१ हजार ५८७ पुग्दा मनाङको जनसंख्या तीन हजार १९२ रहेको छ जनसंख्या बढी […]


फिफा वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौं, चैत १० गते। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो। नयाँ वरियतामा नेपाल एक हजार दुई सय पाँच अङ्कका साथ एक सयौँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १०३औँ स्थानमा थियो। एसियाली राष्ट्रको वरियतामा भने […]


जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्न विज्ञको सुझाव

काठमाडौं, चैत ९ गते । वातावरणीय प्रभावका असरहरू नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन्। प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सचिवालयले बिहीबार राजधानीमा आयोजना गरेको ‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरू’ सम्बन्धी अन्तरक्रियामा बोल्दै यस क्षेत्रका विज्ञहरूले वातावरण प्रभावको रोकथाममा […]


‘व्यापारघाटा कम गर्न नसके आर्थिक समृद्धि आउँदैन’

काठमाडौं, चैत ९ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापारघाटा कम गर्न नसकेसम्म आर्थिक समृद्धि आउन नसक्ने बताउनुभएको छ । नेपाल-इटली उद्योग वाणिज्य सङ्घको कार्यक्रममा बिहीबार मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापारघाटा कम गर्न […]


पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, चैत ८ गते। नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार एक कार्यक्रमकाबीच एआइजी पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवर, टेकप्रसाद […]


बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा

धर्बेन्द्र झा / धनुषा, चैत ८ गते । धनुषामा बालबालिका सपना कार्यक्रममार्फत तीन वर्ष मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकलाई शिक्षा प्रदान गर्न थालिएको छ । त्यसले बालबालिकाको प्रारम्भिक विकासमा सकारात्मक प्रभाव देखिन थालेको बताइएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामले प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा मार्च २०२२ देखि धनुषा जिल्लामा सञ्चालनमा ल्याएको सो […]


आठ महिनामा विदेशिए सवा पाँच लाख

सीता शर्मा / काठमाडौँ, चैत ७ गते । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । […]


चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

काठमाडौँ, चैत ७ गते । नेपाल वायुसेवा निगमले पाँचवटा चिनियाँ जहाज बिक्रीको तयारी सुरु गरेको छ। तीन वर्षयता भूमिस्थ गरिएका (ग्राउन्डेड) चिनियाँ जहाज बिक्री मूल्याङ्कन गर्न आइतबार अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन्। निगमका प्रवक्ता अर्चना खड्काले प्रतिनिधिले सोमबारदेखि काम सुरु गरेर एक महिनाभित्रै मूल्याङ्कन गरिसक्ने बताउनुभयो। कम्पनीका प्रतिनिधिले सोमबारदेखि […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter