• Sunday, June 01, 2025

समाचार

लुम्बिनी हाफ म्याराथन, अध्यक्ष ओलीले उदघाटन गर्नुहुने

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत १८ गते । रुपन्देहीको लुम्बिनीमा लुम्बिनी पीस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुनेभएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा राष्ट्रिय भेला तथा प्रतियोगिता हुनेछ । सो कार्यक्रमको उदघाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]


मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति

कठमाडौं, चैत १८ गते । मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सहमति भएको छ । शनिबार साँझ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मिटरब्याज विरुद्धको संघर्ष समिति र सरकारी वार्ता टोलीबीच पाँच बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सरकारी टोलीबाट सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ […]


नवनियुक्त मन्त्रीको शपथ

काठमाडौं, चैत १७ गते । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, […]


साबुन उद्योग सञ्चालन

राधा लुइँटेल / फिदिम, चैत १७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाका एक युवकले २५ लाख रुपियाँ लगानी गरेर गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याएका छन् । पाँच वर्षसम्म मलेसियामा रोजगारी गरेर फर्किनुभएका फालेलुङ–३, ताङ्लेपाका प्रयास केरुङले दैनिक दुई सयवटा साबुन उत्पादन गर्न सक्ने क्षमताको उद्योग सञ्चालनमा ल्याउनुभएको हो । केरुङले सञ्चालनमा ल्याउनुभएको उद्योगलाई ‘फालेलुङ साबुन उद्योग’ […]


पूर्वाग्रहले न्याय हुँदैनः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं, चैत १६ गते। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनुभएको छ। बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको हो। उहाँले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने […]


एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

भक्तपुर, चैत १६ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । “परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, […]


चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

ललिता साह / वोदेवर्साइन (सप्तरी), चैत १५ गते । सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ । सप्तरीमा हाल दुई सय २० हेक्टरमा चैते धानको खेती हुँदैआएको छ । यो धान ४.७७ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । गत […]


सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष ओली

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा भएको पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गठबन्धन सरकार बनेदेखि मुलुकको आर्थिक अवस्था कमजोर बन्दैगएको उहाँले […]


थ्री नेसन्स कप : भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

काठमाडौं, चैत १४ गते। नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइल प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको हो । नेपालले फाइनलमा अब चैत १७ गते लाओससँग खेल्नेछ । खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका […]


बिक्नै छाड्यो डालो, नाङ्लो र ठेकी

ढोरपाटन, चैत १४ गते । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दशैंको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बुढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरूलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका सङ्ख्यामा […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter